१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चोरी आरोपमा दुई भारतीय पक्राउ

हरिराम उप्रेती

गोरखा — तनहुँ र गोरखाका मोबाइल पसलमा चोरीको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरी टोलीले भारत मोतिहारी थाना झरौखर पञ्चायत बिजवनी–१४ का २० वर्षीय जावेद आलम र वडा नम्बर ११ का ३० वर्षीय सुरेश साहलाई बिहीबार प्रक्राउ गरेको हो ।

चोरी आरोपमा दुई भारतीय पक्राउ

बारा सिम्रौनगढ नगरपालिका–७ को नेपाल-भारत सीमाबाट उनीहरुलाई पक्राउ गरिएको एसपी विमल बस्नेतले जानकारी दिए । उनीहरुहरुबाट ४ थान ओपो र १२ थान समासुङ मोबाइल सेट पनि बरामद गरिएको छ ।

गत असार ३० गते गोरखा नगरपालिका–६ पुरानो बसपार्कस्थित नमस्ते मोबाइल पसलबाट पाँच लाख ४२ हजार मूल्यबराबरको मोबाइल र अन्य सामाग्री चोरी भएको थियो । उक्त पसलबाट १४ थान ओपो र दुई थान सामसुङ मोबाइल, ३० थान घडी, ५ थान ब्लुटुथ हेडफोनसहित नगद ८ हजार चोरी भएको प्रहरीले जनाएको छ ।


चोरी भएको सामाग्री र चोरीमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा उनीहरु पेसेवर चोरीमा संलग्न भएको खुल्न आएको प्रहरीले बताएको छ । सोही समूहले गत असार २७ गते बिहान तनहुँ ब्यास–३ का शेषराज श्रेष्ठले सञ्चालन गरेको सीटी मोबाइल सेन्टरमा पनि चोरी गरेको अनुसन्धानमा खुलेको बस्नेतले बताए ।

प्रकाशित : श्रावण ११, २०७५ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?