कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा एकको मृत्यु, १५ घाइते 

प्रताप रानामगर

दमौली — पृथ्वीराजमार्ग अन्तरगत तनहुँको छिर्कनेमा सोमबार बिहान माइक्रोबस र कन्टेनर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माइक्रोमा सवार भोजपुर घर भएकी १९ वर्षीया सविना राई रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा एकको मृत्यु, १५ घाइते 

उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा १५ जना यात्रु घाइते छन् । घाइते मध्ये ४ जनाको पोखराका अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बा २ ख १८३८ नम्बरको माइक्रोबस र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ११२४ नम्बरको कन्टेनर आपसमा ठोक्किएका थिए । माइक्रो चालक प्रहरी नियन्त्रणमा छन् भने कन्टेनर चालक फरार छन् ।

प्रकाशित : श्रावण १४, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?