कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बस ठोक्किँदा १७ घाइते

कान्तिपुर संवाददाता

पर्वत — सोमबार दिउँसो दुईवटा मिनिबस आपसमा ठोक्किँदा १७ जना यात्री घाइते भएका छन् । 

बस ठोक्किँदा १७ घाइते

पर्वतको कुश्मा नगरपालिका-२ अर्मादीको घुम्तीमा पोखराबाट बाग्लुङ जाँदै गरेको ग १ ख ६००४ बस र बाग्लुङबाट पोखरा जाँदै गरेको ग १ ज ६३०२ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।


घाइतेमध्ये ५ जना यात्री सख्त भएकोले उनीहरुलाई बाग्लुङमा सामान्य उपचारपछि पोखरा पठाइएको छ । बाँकी १२ जना यात्री सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनायो ।


अर्मादीको साँघुरो घुम्तीमा बिपरित दिशाबाट आएका बस साइड दिन नसकेपछि ठोक्किन पुगेको घटनास्थल पुगेर फर्किएका पर्वतका ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले बताए । घाइतेमध्ये केहिको खुट्टा भाचिएको रानाभाटले बताए । साँघुरो सडक दुर्घटनाको मुख्य कारण भएको प्रहरीको निस्कर्ष छ ।

प्रकाशित : श्रावण १४, २०७५ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?