२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

१० हजारलाई नागरिकता

कान्तिपुर संवाददाता

लमजुङ — एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १० हजार ७२ जनाले नागरिकताको प्रमाणपत्र लिएका छन् ।कार्यालयले आव ०७४/७५ मा ६ हजार ४ सय ८९ जनालाई नयाँ नागरिकता वितरण गरेको छ । नयाँ नागरिकता लिनेमा २ हजार ४ सय ११ पुरुष र २ हजार ९ सय ६० महिला छन् ।

१० हजारलाई नागरिकता

उक्त अवधिमा ३ हजार ५ सय ८३ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार ५ हजार ३ सय ६८ जनाले प्रशासन कार्यालयमै आएर नागरिकता लिएका हुन् भने १ हजार १ सय १८ जनालाई घुम्ती शिविरमार्फत दिइएको हो । ३ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् भने ४ जनाले नेपाली नागरिकता त्यागेका छन् ।

अघिल्लो आवको तुलनामा गत आवमा १ हजार २ सय ४ जनाभन्दा बढीले नागरिकता लिएको प्रशासनले जनाएको छ । आव ०७३/७४ मा ८ हजार ८ सय ६८ जनाले नागरिकता लिएका थिए । ५ हजार ५ सय २ जनाले नयाँ नागरिकता र ३ हजार ३ सय ६४ जनाले नागरिकताको प्रतिलिपि लिएको प्रशासनले जनाएको छ । हालसम्म लमजुङका ५३ जनाले नागरिकता त्यागेका छन् ।

प्रकाशित : श्रावण १५, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?