कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नवलपरासीमा कांग्रेसद्वारा प्रदर्शन

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नेपाली कांग्रेसले सरकार विरुद्ध प्रर्दशन गरेको छ । कावासोतीको बीपी चोकस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट निस्केको जुलुसले नगर परिक्रमा गरेको छ ।

नवलपरासीमा कांग्रेसद्वारा प्रदर्शन

जुलुस नगरपालिकाको कार्यालय, सभापति चोक हुँदै फलफूल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।


सरकारले सर्वसत्तावाद लादेको, संवैधानिक रुपमा सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने संवैधानिक मान्यताको उल्लंघन गरको महँगी बढाएको र भ्रष्टाचार संस्थागत गरेको भन्दै जुलुसमा सहभागीले सरकार विरुद्ध नाराबाजी गरेका थिए । जुलुसमा कांग्रेसले आफ्नो भातृसंस्थाका सबै पदाधिकारीलाई उतारेको थियो ।


फलफूल चोकको काणसभामा बोल्दै नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं प्रदेश सभामा विपक्षी दलका नेता कृष्ण चन्द्र नेपालीले पूर्ण बहुमतको कम्युनिष्ट सरकारले संविधानको उल्लंघन गरेको र विकासका बजेट कम्युनिष्ट पार्टीले जितेको क्षेत्रमा एकिकृत गरेको आरोप लगाए ।

प्रकाशित : श्रावण १५, २०७५ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?