नवलपरासीमा कांग्रेसद्वारा प्रदर्शन

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नेपाली कांग्रेसले सरकार विरुद्ध प्रर्दशन गरेको छ । कावासोतीको बीपी चोकस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट निस्केको जुलुसले नगर परिक्रमा गरेको छ ।

जुलुस नगरपालिकाको कार्यालय, सभापति चोक हुँदै फलफूल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

Yamaha

सरकारले सर्वसत्तावाद लादेको, संवैधानिक रुपमा सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने संवैधानिक मान्यताको उल्लंघन गरको महँगी बढाएको र भ्रष्टाचार संस्थागत गरेको भन्दै जुलुसमा सहभागीले सरकार विरुद्ध नाराबाजी गरेका थिए। जुलुसमा कांग्रेसले आफ्नो भातृसंस्थाका सबै पदाधिकारीलाई उतारेको थियो।

फलफूल चोकको काणसभामा बोल्दै नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं प्रदेश सभामा विपक्षी दलका नेता कृष्ण चन्द्र नेपालीले पूर्ण बहुमतको कम्युनिष्ट सरकारले संविधानको उल्लंघन गरेको र विकासका बजेट कम्युनिष्ट पार्टीले जितेको क्षेत्रमा एकिकृत गरेको आरोप लगाए।

प्रकाशित : श्रावण १५, २०७५ १३:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

डेमोक्र्याटिक लयर्स एशोसियसनमा अधिकारी निर्वाचित

नारायण शर्मा

नवलपरासी — गैंडाकोटमा सम्पन्न कांग्रेस निकट डेमोक्र्याटिक लयर्स एशोसियसन (डीएलए) मा योगेन्द्रबहादुर अधिकारी निर्वाचित भएका छन् । उनले ४३१ मत पाएर बिजयी भएका छन भने प्रतिद्धन्दी सिताराम केसीले ३ सय ६४ मत पाएका छन् । 

सोमवार बिहान घोषित मत परिणाम अनुसार बरिष्ठ उपाध्यक्षमा सुरेश कुमार पौडेल, महिला उपाध्यक्षमा सुष्मा बास्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, सचिवमा खडगबहादुर महिला सचिवमा बिष्णु बस्याल, कोषाध्यक्षमा सुधा खतिवडा लगायत ४५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।

प्रकाशित : श्रावण १४, २०७५ ०९:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT