बहुविवाहका अभियुक्त २५ वर्षपछि पक्राउ

आश गुरुङ

लमजुङ — अदालतबाट कैद फैसला सुनाएका एक अभियुक्तलाई प्रहरीले २५ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालतले उनलाई कारागार चलान गरेको छ । बहुविवाह गरेको अभियोगमा जिल्ला अदालतले लमजुङको बेंसीसहर नगरपालिका-११, चितीका ५४ बर्षे पूर्णबहादुर थापालाई २०५० बैशाख ६ गते १ महिनाको कैद फसलासहित १ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

बहुविवाहका अभियुक्त २५ वर्षपछि पक्राउ

जरिवाना नतिरी फरार भएका उनलाई सोमबार गाउँबाटै पक्राउ गरिएको इन्सपेक्टर राजेन्द्र अधिकारीले बताए । उनी यतिका वर्षसम्म गाउँमै रहे पनि यसअघि प्रहरीले नखोजेको परिवारले बताएको छ । तर, प्रहरीले यतिका वर्षसम्म अदालतमा सम्पर्क नगरी फरार सूचीमा रहेकाले पक्राउ गरी अदालतमा बुझाएको जनाएको छ ।


अदालतले थापालाई १ हजार रुपैयाँ जरिवाना तिराउनुका साथै सोमबार नै कारागार चलान गरेको जनाएको छ । डीएसपी यादव ढकालले अदालत बाट प्राप्त लगतअनुसार मुद्दाका फरार अभियुक्तलाई खोजी गरी पक्राउ अभियान नै सञ्चालन गरेको बताए । ‘हामी फरार अपराधीलाई कानुनी सजाय दिलाउन अग्रसर छौं । जुनसुकै ठाउँमा गएपनि अपराधीलाई पक्रेरै ल्याउँछौं’ उनले भने ।

प्रकाशित : श्रावण १५, २०७५ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?