प्रेमिका हत्याका आरोपी पुर्पक्षमा

कान्तिपुर संवाददाता

म्याग्दी — गर्भवती प्रेमिकालाई गाडीसहित नदीमा खसालेर हत्या गरेको आरोपमा पक्राउ परेका चालक पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

प्रेमिका हत्याका आरोपी पुर्पक्षमा

बेनी ९ काउलेगौंडाका ३१ वर्षीय रवि भनिने इन्द्रबहादुर खडकालाई बुधबार थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले थुनामा राख्न आदेश गरेको हो ।


गत असार १४ मा अन्नपूर्ण गाउँपालिका ७ घराम्दीबाट २० वर्षीया गर्भवती प्रेमिका सविता नेपालीलाई लु२च २४५४ नम्बरको बोलेरो जिपमा चढाएर खडका बेनी फिर्दै थिए ।


बेनी–जोमसोम सडकमा पर्ने रघुगंगा गाउँपालिका १ तिप्ल्याङ नजिकै जिप कालीगण्डकी नदीमा खसेर हराएको थियो ।


चालक खडकाले जानाजान दुर्घटना गराएर नेपालीको हत्या गरेको आरोप छ । दुर्घटना भएको र आफू पौडिएर बाँचेको खडकाले दाबी गरे पनि नेपालीको अवस्था अझै अज्ञात छ ।

घटनाको एक सातापछि पक्राउ परेका खडकाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।

प्रकाशित : श्रावण १६, २०७५ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?