१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पहिरोले खानीगाउँका ७२ घर जोखिममा

हरिराम उप्रेती

गोरखा — अविरलको वर्षा पछि आइतबार बिहान गएको पहिरोले धार्चे गाउँपालिका–७ लापुस्थित खानीगाउँको बस्ती जोखिममा परेको छ । 

पहिरोले खानीगाउँका ७२ घर जोखिममा

बस्तीबिचबाट धाँजा फाटेपछि त्रास उत्पन्न भएको स्थानीयले बताए । ‘बस्ती भन्दा थेरै पर पहिरो गएपछि ११ परिवारले राति घरमै बस्न छाडेको छ, अरु घरधुरीलाई पनि डर भएको छ,’ स्थानीय शुसील गुरुङले भने, ‘विस्थापित भएका राति गोठमा बसेका छन्, कोही आफन्तकोमा सर्न थालेका छन् ।’

एक सातादेखि उनीहरु छिमेकीका गोठमा रात बिताउन बाध्य भएको स्थानीय सचिन गुरुङले बताए । जुङ्गाङ डाँडाबाट गएको पहिरोले खानीगाउँका ७२ घरधुरी जोखिममा परेको उनले बताए । ‘यस अघि पनि टोङस्योङ खोलाले कटान हुँदै आएको थियो, शनिबार राति ठूलो पहिरो झरेको छ,’ उनले भने, ‘गाउँकोबिचमा जमिन फाटेपछि झन् खतरा भएको छ ।’

प्रभावित परिवारलाई सुरक्षित ठाउँमा सार्न पहल भइरहेको वडा अध्यक्ष सूर्यमान गुरुङले बताए ।

प्रकाशित : श्रावण २०, २०७५ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?