१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मोदीमा बस खस्यो, १६ यात्रु घाइते

कान्तिपुर संवाददाता

पर्वत — पोखराबाट मुस्ताङ हिडेको ग १ ख ५५९८ नम्बरको मिनिबस सोमबार बिहान मोदी गाउँपालिकामा दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । 

मोदीमा बस खस्यो, १६ यात्रु घाइते

बिहान करिब साढे ९ बजे पोखरा–बाग्लुङ सडकखण्डको मोदी–६ बेतेनीमा सडकबाट करिब ३० मिटर तल खेतमा खसेको थियो । पर्वतका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार दुर्घटनामा घाइते मध्ये ६ जनालाई उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ । अन्य १० जनालाई पर्वत जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।


मध्यपहाडी लोकमार्गको उक्त सडकमा केही समयदेखि बिस्तारको काम भइरहेको छ । सडक चिप्लो भए पनि दुर्घटनाको कारण पहिचान भइसकेको छैन । प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए ।

प्रकाशित : श्रावण २१, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?