१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘वन्डरफुल वालिङ’ बनाउन जुटे युवा 

प्रतिक्षा काफ्ले

स्याङजा — वालिङ नगरपालिकालाई ‘वन्डरफुल वालिङ’ बनाउने उद्देश्यले यहाँका युवाहरु कसिएका छन् । उनीहरुले समूह बनाएर अभियान सुरु गरेका छन् । यहाँको पर्यटन सम्भावनालाई एकीकृत गर्दै कल्चर, नेचर र एड्भेन्चरको नयाँ नाम ‘वन्डरफुल वालिङ’ राखिएको छ । 

‘वन्डरफुल वालिङ’ बनाउन जुटे युवा 

‘वालिङ नगरपालिकालाई बिश्वभर चिनाउने उद्देश्यले युवाहरुले नमुना काम गर्न थालेका छन्’ नगरप्रमुख दिलीपप्रताप खाँडले भने, ‘बन्डरफुल वालिङको निर्माणमा हामीले पूर्ण सहयोग गरेका छौ ।’ उनले नगरकार्यपालिकासँगको सहकार्यमा कार्यक्रम तय गरिएको बताए ।


वालिङ एकसय अल्टिमेट च्यालेन्ज समूहका युवाहरुले नगर र आसपासका क्षेत्रमा साइकल खेलको अन्र्तराष्ट्रिय प्रतियोगितासमेत गर्ने भएका छन् । ‘आगामी माघ १८ गते बिश्वका साइकलका पारखी यहाँका डाँडाकाँडामा रम्नेछन्,’ वन्डरफुल वालिङका अभियान्त दिनकर नेपालले भने, ‘प्रतिष्पर्धा ठूलो हुन्छ । हामी तयारीमा जुटेका छौ,’ एकदिने प्रतियोगिताको पुरस्कार राशि ५ लाख पुरुष र ३ लाख महिलालाई रहेको उनले जानकारी दिए ।


सहासिक खेल प्याराग्लाइडिङ, पारिवारिक रर्‍याफ्टिङ, क्यानोनिङसंगै साइक्लिङ पनि भएको नगरप्रमुख खाँणको भनाइ छ । वालिङ, भीरकोट गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकाको क्षेत्र समेटेर एकसय किलोमिटरलाई साइक्लिङ ट्रयाक निर्माण सम्पन्न भइसकेको अभियन्ता नेपालले जानकारी दिए ।


आँधीखोलामा वर्ड वाचिङ टुरिज्म्, फिसिङ टुरिज्म् लगायतका धेरै सम्भावनाको अध्ययन भइरहेको अभियान्ताहरु बताउँछन् । यस्तै अभियान र सहभागिता भए ९ वर्षमा सम्पन्न गर्न खोजिएको स्मार्ट सिटीको अवधारणले ५ वर्षमा नै सार्थकता पाउने नगरप्रमुख खाँडले बताए ।

प्रकाशित : श्रावण २१, २०७५ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?