कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरुवा बन्दुकसहित पक्राउ

आश गुरुङ

लमजुङ — प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बेंसीसहर नगरपालिका-१ ठूलो धिमिरेका ४० वर्षीय पूर्णबहादुर विकलाई भरुवा बन्दुक निर्माण गरी विक्री वितरण गर्दै आएको सुराकीको आधारमा बुधबार उनलाई घरबाट पक्राउ गरेको हो ।

भरुवा बन्दुकसहित पक्राउ

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विकको घरबाट भरुवा बन्दुकसहित भरुवा बन्दुकको पुरानो बट,बटको आकार बनाइको काठ,फलामको ब्यारेलसहित फलामको मसिनो गज र बन्दुक बनाउन प्रयोग हुने अन्य खरखजना फेला पारेको जनाएको छ ।


इन्सपेक्टर राजेन्द्र अधिकारीले पूर्णबहादुर विकउपर हातहतियार तथा खरखजना मुद्दा दर्ता गरी प्रशासन कार्यालयबाट पहिलो पटक १० दिनको म्याथ थप गरेर अनुसन्धान थालिएको बताए ।

प्रकाशित : श्रावण २३, २०७५ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?