एउटै वडाका २ कार्यालय

कान्तिपुर संवाददाता

दमौली — सेवा प्रवाहमा भौगलिक कठिनाइ भएपछि तनहुँको भानु नगरपालिका ५ को वडा समितिले दुईवटा कार्यालय सञ्चालनमा ल्याएको छ ।

एउटै वडाका २ कार्यालय

डाडाँभेगका लागि गरमभञ्ज्याङ र बेंसीका लागि सेपा बगैंचामा कार्यालय राखिएको वडाध्यक्ष प्रकाश मल्लले बताए । ‘जनताले दु:ख नपाउन् भनेर दुईवटा कार्यालय राखेर सेवा प्रदान गरेका हौं,’ उनले भने, ‘हाम्रो वडामा भौगलिक कठिनाइ छ ।’ जोर र बिजोर बारमा मिलाएर दुवै कार्यालयमा जनप्रतिनिधि र कर्मचारी उपस्थित भएर सेवा दिने गरिएको उनले बताए ।

‘आलोपालो दुवै कार्यालयमा उपस्थित भइरहन जनप्रतिनिधि र कर्मचारीलाई सास्ती भए पनि वडावासीलाई सजिलो भएको छ,’ उनले भने । गरमभञ्ज्याङमा भाडाको घरमा कार्यालय छ भने सेपा बगैंचामा सरकारी भवनमा भएकाले वडा समितिले भाडा तिनु नपर्ने उनले बताए ।

साक्षरता दर उच्च रहेको भानु नगरपालिकामा स्थानीय तह पुनर्संरचनासँगै वसन्तुपर, मिर्लुङ, रिस्ती, सतिस्वारा, तनहुँसुर, चोकचिसापानी, पुर्कोट र रूपाकोट गाविस गाभिएका हुन् ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?