कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

स्कुल बस दुर्घटनामा २८ घाइते

कान्तिपुर संवाददाता

पाल्पा — बगनासकाकाली गाउँपालिका–१ चिर्तुङधारा पिप्लेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

स्कुल बस दुर्घटनामा २८ घाइते

तानसेन नगरपालिका–९ दमकडास्थित रिभरभ्याली बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र २५ जनाको अवस्था सामान्य रहेको छ । उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।


चिर्तुङ्धारा माडी क्षेत्रबाट तानसेन दमकडा स्कुल जाँदै गर्दा लु १ क १५५८ नम्बरको बस पिप्लेको उकालोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण २९, २०७५ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?