कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पहिरोमा पुरिएर सासु बुहारीको मृत्यु

प्रकाश बराल

बागलुङ — केही दिनदेखि लगातार परेको वर्षाका कारण पहिरो खस्दा निसीखोलामा एकै घरका दुई जनाको पुरिएर मृत्यु भएको छ ।

पहिरोमा पुरिएर सासु बुहारीको मृत्यु

निसीखोला–३ को बोहोरा गाउँस्थित धुसौरा भन्ने स्थानमा खसेको पहिरोले स्थानीय मानबहादुर शाहीको घर पुरिदा शाहीकी ६५ वर्षीया श्रीमती धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही पुरिएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए ।


मृत्यु हुने सासु बुहारी हुन् । पुरिएपछि स्थानीय बासिन्दा, प्रहरी र सेनाको खोजीपछि शव निकालिएको थियो । बिहान पुरिएका उनीहरुको दिउँसो साँढे तीन बजे मात्र शव भेटिएको थियो।मृतक डल्लीका श्रीमान भारतमा रोजगारी गर्छन् ।


पहिरोले पुरिएका शाहीका ५ वर्षीय नाती विनोद भने सकुशल भेटिएका छन् । ‘टाँड परेर पुुरिएकाले उनी बाँचेका रहेछन्’ बोहोरा गाउँ स्वास्थ्य चौकीका प्रमुख टोपबहादुर चन्दले भने, ‘बालकको सबै स्वास्थ्य परीक्षण गर्दा केही भएको छैन ।’ अहिले पनि बच्चा खेलिरहेको उनले बताए ।


मंगलबार राति नै बोहोरा गाउँ र देविस्थानमा खसेका अरु पहिरोले थप ६ घरमा क्षति पुगेको छ । केही घरपरिवार पहिरोको डरले बिस्थापित भएर आफन्तकोमा बसेका छन् ।

घटनास्थल सदरमुकामदेखि १ सय २० किमी पश्चिममा पर्छ ।


दुई सातादेखि बिजुली बन्दः

निसीखोलाकै विभिन्न वडामा पहिरोका कारण बिजुली अवरुद्ध बनेको छ । चन्दा संकलन गरेर गाउँलेले बनाएका निसीखोला पहिलो र दोस्रो लघुविद्युत आयोजना बन्द भएपछि २ हजार घरमा बिद्युत अवरुद्ध भएको छ ।


बिजुली नभएपछि उनीहरुले मोबाइल सेमत चार्ज गर्न पाएका छैनन् । मोबाइल चार्ज नहुँदा वर्षातमा भएका घटनाको सूचना दिन नसकेको गाउलेहरुले गुनासो गरेका छन् ।

प्रकाशित : श्रावण ३०, २०७५ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?