२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
गण्डकी

Pradesh-4

अञ्चल अस्पतालमा सांसदको ध्यान

गण्डकी प्रदेशसभाका सांसदले बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालले सुत्केरी गराउन नसकेकोमा आलोचना गर्दै दरबन्दी अनुसारका चिकित्सक, आवश्यक उपकरण र औषधिको व्यवस्था गर्न माग गरेका छन् ।

अञ्चल अस्पतालमा सांसदको ध्यान

मध्यपहाडी लोकमार्ग : घुम्तीमा सडक विस्तार

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड विस्तारको काम धमाधम अघि बढेको छ । लोकमार्गको बागलुङ र पर्वतखण्डको डबल लेन सडक तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्यसहित आयोजनाले काम गरिरहेको छ ।

मध्यपहाडी लोकमार्ग : घुम्तीमा सडक विस्तार

गाँउकाे ‘सिंहदरबार’ पुग्न बास

जनतालाई घरआँगनमा सेवा दिन स्थानीय सरकार गठन भए । स्थानीय तहलाई नागरिकले सिंहदरबारजस्तै ठाने । तर, तिनै स्थानीय तहको कार्यालय पुग्न बाटैमा बास बस्नुपर्छ । मनाङको नारपाभूमि गाउँपालिकावासीले यो नियति भोगिरहेका छन् ।

गाँउकाे ‘सिंहदरबार’ पुग्न बास

जंघार तर्दै स्कुल

पुलले बाटो मात्र होइन जीवन पनि जोड्छ । पुल नहुँदा हुने सास्ती भोग्नेलाई मात्र बढी थाहा छ । त्यस्तै समस्या ढोरपाटन उत्तरगंगा विद्यालयका विद्यार्थीले भोग्दै आएका छन् ।

जंघार तर्दै स्कुल
श्रावण ३१, २०७५

मातहत निकाय खुल्न थाले

गण्डकी प्रदेश सरकारले मातहतका कार्यालय स्थापना सुरु गरेको छ । संघीय सरकारले स्वीकृति दिएपछि प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्णय गर्दै पहिलो कार्यालयका रूपमा प्रदेश स्वास्थ्य निर्देशनालय सञ्चालनमा ल्याएको छ ।

मातहत निकाय खुल्न थाले

मुस्ताङमा बाढीले क्षति

खहरेलगायत ठाडोखोलाहरूमा आएको बाढीले मुस्ताङका क्षति पुर्‍याएको छ । सहायक खोलाहरूमा बाढीसँगै कालीगण्डकी नदीमा जलस्तर बढेपछि जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी किनाराका बस्तीलाई उच्च सतर्कता अपनाउन सुझाएको छ ।

मुस्ताङमा बाढीले क्षति

भूकम्पपीडित महँगीको मारमा

निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले तनहुँका भूकम्पपीडित मर्कामा परेका छन् । निर्माण सामग्री महँगो र ढुवानीमा समस्या परेपछि धेरैले घर बनाउन सकेका छैनन् ।

भूकम्पपीडित महँगीको मारमा

बैंकको जग्गा कब्जामा

बजारको ‘प्राइम लोकेसन’ नयाँबजार । कृषि विकास बैंकको नाममा रहेको ५ रोपनीभन्दा बढी जग्गा । एउटा भवन पनि छ । तर, आफ्नो जग्गा आफैं प्रयोग गर्न पाएको छैन बैंकले, न त पाएको छ भाडा । पहिलेका फुटपाथे व्यापारीको कब्जामा छ जग्गा । बैंकले बर्सेनि जग्गा कर भने तिरिरहेको छ ।

बैंकको जग्गा कब्जामा

स्मार्ट सिटीतर्फ वालिङ

सुखी नेपाली र समृद्ध नेपालको नारा दिएको सरकारले मुलुकभर १३ स्मार्टसिटी बनाउने योजना सार्वजनिक गरेको छ । सूचीमा रहेको वालिङ नगरपालिकाले योजनाको खाका तयार पारेको जनाएको छ ।

स्मार्ट सिटीतर्फ वालिङ