मृगौला पीडितलाई सहयोग

लमजुङ — मृगौलाको समस्याले बिरामी एक युवकलाई मगर समुदायले उपचारका लागि सहयोग गरेको छ । दुई वर्षदेखि उपचार गराइरहेका बेंसीसहर नगरपालिका ६, चनौटेका २३ वर्षीय विकास आलेमगरलाई बेंसीसहर–२ नरुवलस्थित मगरगाउँका बासिन्दाले सहयोग जुटाएका हुन् ।

मृगौला पीडितलाई सहयोग

दुवै मृगौलाले काम नगरेपछि एक वर्षदेखि काठमाडौंस्थित मृगौला रोग उपचार केन्द्रमा उपचार गराउँदै आएका आलेको उपचारमा सहयोग गर्न नरुवालका मगर समुदायले ३४ हजार ५ सय ८५ नगद सहयोग गरेका हुन् ।

नरुवालस्थित मिनाम लाङ्घाली युवा क्लबको अगुवाईमा सहयोग रकम संकलन गरिएको हो । शुक्रबार नरुवाल नजिकै गैह्रीबजारमा एक कार्यक्रम गरी क्लवका अध्यक्ष यमबहादुर आले र नेपाल मगर संघका केन्द्रिय सदस्य बलबहादुर रानाले मृगौलापीडितका दाजु सुरेश आले र काका नारायण आलेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

आले एक वर्षदेखि काठमाडौंमै डेरा लिएर मृगौलाको डायलसिस गराउँदै आएको उनका दाजु सुरेशले बताए । प्रत्येक साता कम्तीमा ३ हजार रुपैयाँ उपचार खर्च व्योहोर्दै आएकोमा अहिलेसम्म करिब १२ लाख खर्च भइसकेको दाजु सुरेशले बताए । बाबुको मृत्यु भइसकेको, आमा विरामी अवस्थामा रहेको र आफ्नो पनि आर्थिक अवस्था कमजोर भएकाले भाइको उपचारमा आर्थिक अभाव खड्किएको सुरेशले बताए ।

प्रकाशित : भाद्र २, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?