२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

घोडा, खच्चडको उपचारका लागि शिविर सञ्चालन

आश गुरुङ

मनाङ — हिमाली जिल्ला मनाङमा घरपालुवा घोडा र खच्चडमा सिंगाने, छेरौटे, पिसाब बन्द हुनेलगायतका समस्या देखिएका छन् । हिमाली भेग र अत्याधिक चिसो हुने भएकाले घोडा खच्चरमा सिंगाने, छेरौटे लगायत समस्या देखिएको डा. निरन अधिकारीले जानकारी दिए ।

घोडा, खच्चडको उपचारका लागि शिविर सञ्चालन

यसमा राम्रो स्यहारसुसार नपाउँदा घोराखच्चर बिरामी पर्ने र मर्ने गरेको उनले बताए । ‘कतिपय घोडाखच्चड उपचारको अभावमा पनि मरेको थाहा पायौं । हिमाली भेग । बाह्रै महिना चिसो भएकाले घोडाखच्चडलाई न्यानो पारेर राख्न आवश्यक छ’ उनले भने ।


मानिस र जंगली जनावरसँग दैनिक सम्पर्क हुने घरपालुवा जनावर घोडा, खच्चडमा संक्रमण बढेमा मानिसलाई असर गर्ने भएकाले सचेत हुनुपर्ने पशु चिकित्सकहरु बताउँछन् ।


घरपालुवा घोडाखच्चडको उपचारका लागि मनाङमा स्वास्थ्य परीक्षण तथा शिविर सञ्चालन गरिएको छ । घोडा, खच्चड खसी पारिसकेपछि घाउ हुने, टाप लगाई समस्याले घाउ हुने लगायत समस्या देखिएका छन् । घाउ ठूलो भएमा यसको उपचार महँगो हुने पशु चिकित्कसहरुले बताएका छन् ।


घोडा, खच्चडको स्वास्थ्यसम्बन्धी ज्ञानमा कम हुनु र समयमा अत्यावश्यक औषधिसमेत नपाउँदा घोडा, खच्चड कमजोर बन्दै गरेको तथ्य शिविरमा फेला परेको आयोकजले बताएको छ ।


घोडाखच्चडमा समस्या देखिएपछि पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा पोखराले एक साताको घोडा, खच्चडको स्वास्थ्य शिविर आयोजना गर्‍यो । माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको टंकी, खाङसार, भ्राका, नारपाभूमि गाउँपालिका साथै चामे गाउँपालिकाको कोतोलगायत गाउँमा घोडाखच्चरको स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरका संयोजक मुखिया स्नोमङ्कीका अनुसार १ सय ४४ जना पशुधनीका २ सय ८२ घोडा र ५१ खच्चरको नि:शुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ ।


शिविरमा बिरामी घोडा, खच्चडलाई जुका, भिटामिन, घाउ, मर्केको ठाउँ, दुखाई कम गर्ने मलम, खुर सफा गर्ने हुक, सुललगायत वितरण गरिएको संयोजक मुखियाले बताए ।


मनाङ मर्स्याङ्दी क्लब, मनाङ समाज, मनाङ ङिस्याङ गाउँपालिकाको खाङसार, भ्राका, ङावल, पिसाङ, घ्यारु गाउँलगायतको आर्थिक सहयोगमा गत साउनमा उनले पशु चिकित्सकद्वय डा. अधिकारी र डा. रक्सन कर्माचार्यसहित ४ सदस्य प्राविधिक टोलीलाई मनाङ लगेका थिए ।


उपचारको लागि दीगो अश्व पशु कल्याणका लागि सुधारिएको मानव आचारण तथा कार्य वातावरण परियोजनाले प्राविधिक सहयाग गरेको हो ।

प्रकाशित : भाद्र ५, २०७५ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?