२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
गण्डकी

Pradesh-4

खुले कृषि र भेटेरिनरी कार्यालय

गण्डकी प्रदेश मातहातका लमजुङमा एकैदिन २ कार्यालय स्थापना गरिएका छन् । कृषि ज्ञान केन्द्र लमजुङ र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय बिहीबार स्थापना गरिएको हो ।

खुले कृषि र भेटेरिनरी कार्यालय

छानबिन गर्दै आयोग

दशक चलेको सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका परिवारलाई भेटेर बेपत्ता छानबिन आयोगले विस्तृत अध्ययन थालेको छ । आयोगको टोलीले मंगलबारदेखी बिहीबारसम्ममा २५ बेपत्ता परिवारसँग बयान लिएको छ ।

छानबिन गर्दै आयोग

व्यवसाय कर लिँदै मर्स्याङ्दी

मर्स्याङ्दी गाउँपालिकाले चालु आर्थिक वर्षदेखि होमस्टेसँग कर लिने भएको छ । होमस्टेसँग ५ सय रुपैयाँ कर लिने गाउँपालिकाले जनाएको छ ।

व्यवसाय कर लिँदै मर्स्याङ्दी

शिक्षक लगतको खोजी

शैक्षिक सत्र सुरुसँगै स्थानीय तहले धमाधम शिक्षक नियुक्ति र बढुवा गरेका छन् । शिक्षकको लगत शिक्षा विकास तथा समन्वय इकाइमा नआउँदा सेवा प्रमाणित हुन सकेको छैन ।

शिक्षक लगतको खोजी

सीपले आत्मनिर्भर

महिलाको क्षमता र सीप अभिवृद्धिका लागि तालिम थुप्रै चलाइन्छन् । तालिमको उपयोग गरेर कतिपय महिलाले जीविकोपार्जन गरिरहेका छन् । पोखराको न्युरोडमा तीन वर्षदेखि सञ्चालित सिलाइकटाइ तालिम पनि गरिखानेका लागि उपयोगी बनेको छ ।

सीपले आत्मनिर्भर
भाद्र ७, २०७५

गाउँ सम्झिँदै स्थानीय

भारतीय र बेलायती सेनामा भर्ती हुने संस्कृति । पछिल्ल्लो समय वैदेशिक रोजगारको मोह । पैसा भएपछि सुविधाभोगी जीवनको चाहना । त्यही चाहनालाई पूरा गर्न गाउँ छाडेर बजार झर्ने क्रम ह्वात्तै बढ्यो ।

गाउँ सम्झिँदै स्थानीय

भैरवस्थानमा पर्यटक बढ्दै

प्रसिद्ध कोटको रूपमा पूजा गरिने भैरवस्थान मन्दिर धार्मिक पर्यटक गन्तव्यको रूपमा विकास भएको छ । बागलुङ नगरपालिकाका १० देखि १४ नम्बरसम्मका पाँचवटा वडा र जैमिनी नगरक्षेत्रको संयुक्त कोटको रूपमा पुजिने यहाँ छिमेकी जिल्लाबाट पनि श्रद्धालु पुग्ने गर्छन् ।

भैरवस्थानमा पर्यटक बढ्दै

प्रदेश कार्यालयका कुर्सी खाली

कर्मचारी अभावमा प्रदेश सरकारले आफू मातहत सञ्चालनमा ल्याउने कार्यालय नै स्थापना हुन सकेका छैनन् । संघीय सरकारले स्वीकृति दिएपछि प्रदेश सरकारले गत साउन ३० देखि १ सय २ कार्यालय सञ्चालनको सुरुवात गरेको थियो ।

प्रदेश कार्यालयका कुर्सी खाली

‘सामाजिक शिक्षा नेपाली भाषामा’

विद्यालयमा पढाइने सामाजिक शिक्षा विषयलाई नेपाली भाषामा पढाउन दबाब दिन पोखरामा अभियान सुरु भएको छ । आधारभूतदेखि माध्यमिक तहसम्म अनिवार्य रहेको यो विषय गण्डकी प्रदेशमा नेपाली भाषामै पढाउन जोड गरिएको हो ।

‘सामाजिक शिक्षा नेपाली भाषामा’

‘एक घर एक टनेल’ सुरु

सबै घरपरिवारलाई आत्मनिर्भर बनाउनेगरि महाशिला गाउँपालिकाले ल्याएको ‘एक घर एक टनेल’ कार्यक्रम लुंखुबाट सुरु गरिएको छ । महाशिला ५ लुंखुका ४० सक्रिय किसानलाई टनेल वितरण गरेर घरघरै टनेलमा तरकारी उत्पादन गर्ने कार्यक्रम थालिएको हो ।

‘एक घर एक टनेल’ सुरु