कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बेंसीसहर–चामे सडक खुल्यो

आश गुरुङ

लमजुङ — मर्स्याङ्दी गाउँपालिका ४, च्याम्चे र घट्टेखोलाबीच बुङछहरा नजिकै भासिएको सडक पुरेर ट्रयाक खुलाइएको छ ।

बेंसीसहर–चामे सडक खुल्यो

शुक्रबार बिहानैदेखि अलपत्र परेका सवारी साधन ट्रयाक खुलेसँगै आवतजावत गर्न थालेका छन् । हिमाली जिल्ला मनाङ जाने एक मात्र बेंसीसहर–चामे सडक बिहानैदेखि अवरुद्ध हुँदा बेंसीसहरबाट गएका कतिपय सवारी फर्किएका थिए । जीप चालक सोम मग्रातीले मनाङ जान हिँडेका यात्रु तथा सामानको व्यवस्थापन गरि फर्किएको बताए ।


तर, उक्त बाटो खुलेसँगै दिउँसो करीब २ बजेदेखि सञ्चालनमा आएको स्थानीयले बताए । स्थानीय होटल व्यवसायी पञ्च गुरुङका अनुसार करिव ५० मिटर सडक भासिनुका साथै सडक माथिको जंगलको जमिन समेत भासिएपछि सवारी आवागमन ठप्प भएको थियो । जलविद्युत निर्माणका लागि सडक पूर्वाधार निर्माण गर्दै गरेको बुटवल पावर कम्पनीको डोजरले भासिएको ठाउँमा ढुंगामाटो थुपार्नुका साथै भित्ता खनेर ट्रयाक खोलेको उनले बताए ।


मर्स्याङ्दी गाउापालिका ४, का अध्यक्ष सुमन गुरुङले बिहीबार रातीको भीषण बर्षाले मर्स्याङ्दीमा बहाव बढ्दा पहिरो चलाउनुका साथै सडक भासिएको बताए । उनका अनुसार सडकदेखि एकसय मिटर तल रहेको मस्र्याङ्दीले सडकलाई तानेपछि सडक भासिएको हो ।


अहिले अस्थायी रुपमा सवारी आवागमनको लागि बाटो बनाइएको छ । पानी परेमा फेरि भासिन सक्ने उनले बताए । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार अहिले बर्षातको समयमा बेंसीसहर–चामे सडकका ठाउँठाउँमा समस्या पारेको छ । ‘हामीले लमजुङ खण्डमा २४ घण्टा सडक बन्द हुन दिएका छैनौं । जसरी पनि खुलाएका छौं,’ उनले भने ।

प्रकाशित : भाद्र ८, २०७५ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?