गण्डकी
भाद्र ९, २०७५

बिनाअनुमति सञ्चालित कक्षा बन्द गर्न गुरुकुललाई पत्र

बिनाअनुमति चलाइएका कक्षा बन्द गराउन वैद्धिक कर्मकाण्ड गुरुकुललाई शिक्षा कार्यालयले पत्र लेखेको छ । दुम्कौलीस्थित शास्वतधामद्वारा सञ्चालित गुरुकुलमा पठनपाठन हुँदै आएको कक्षा ८ बन्द गराउन शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्णचन्द्र पोखरेलले पत्र लेखेका हुन् ।

कानुन कार्यान्वयनमा शंका

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ढुंगा, गिटी, बालुवा उत्खनन, संकलन, क्रसिङ र बिक्रीवितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्न एउटा कार्यविधि बनायो ।

ADVERTISEMENT
ADVERTISEMENT

१ विद्यार्थी, ४ शिक्षक

मनाङको एउटा स्कुलमा एक जना मात्रै विद्यार्थी छन् । कक्षा ५ सम्म रहेको उक्त स्कुलमा ४ शिक्षक छन् । तल्लो मनाङस्थित नासों गाउँपालिका ९ दानाक्युमा रहेको ज्ञानोदय आधारभूत विद्यालयमा स्थानीयका कुनै पनि बालबालिका पढ्दैनन् ।

फेरिदैं कार्यालयका नाम

संघीयता कार्यान्वयनसँगै खारेज हुने भनिएका कार्यालयमध्येको जिल्ला कृषि विकास कार्यालयको बोर्ड हटाएर शुक्रबार कृषि ज्ञान केन्द्र गोरखा नामकरण भयो । साबिकको जिल्ला पशु सेवा कार्यालयको बोर्ड हटाएर भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको बोर्ड राखियो ।

जागिर जाँदा सडकको बास

जागिरे जीवन उनको बेग्लै थियो । दिनभर विद्यालयमा फुर्तीसाथ काम गरिरहेका देखिने बेंसीसहरका ६५ वर्षीय खिमबहादुर थापा हिजोआज सडकमा भेटिन्छन् ।

कुकुर गणना गर्दै गाउँपालिका

देशभरि कति कुकुर होलान् ? यसको कुनै लेखाजोखा छैन । कास्कीको अन्नपूर्ण गाउँपालिकाले भने कुकुरको तथ्यांक राख्न सुरु गरेको छ । गाउँपालिकाले मंगलबारदेखि सुरु गरेको पशु गणनामा कुकुर पनि समावेश गरेको हो ।

गोर्खा भर्ती ‘निष्पक्ष’

ब्रिटिस गोर्खा पोखरा कार्यालयले घूस खुवाएर बेलायती सेनामा भर्ती हुन सकिने हल्लाको पछि नलाग्न आग्रह गरेको छ । कार्यालयले पत्रकार सम्मेलन गरी गोर्खा भर्ती नि:शुल्क, निष्पक्ष र पारदर्शी भएको जनाएको हो ।