माछा मार्न गएकाकाे खोलाले बगाएर मृत्यु 

नारायण शर्मा

नवलपरासी — मध्य राति माछा मार्न ढडिया थापेर घर फर्किदै गरेका एक स्थानीयको खोलाले बगाएर ज्यान गएको छ ।

कावासोती नगरपालिका–१४ हेगौलीका ५० वर्षीय मालसिंह महतोको केरुङ्गे खोलाले बगाएर शुक्रबार राति १ बजे मृत्यु भएको हो ।

Yamaha


जिल्ला प्रहरी कार्यालय नवलपुुरका अनुसार खोलामा माछा मार्ने ढढिया (एक प्रकारको जाल) राखेर फर्किदै गर्दा उनलाई बगाएको हो । राति अबेरसम्म घर नआएपछि खोज्न जाँदा उनको शव खोला किनारमा भेटिएको हो ।

प्रकाशित : भाद्र ९, २०७५ १०:५०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बगर बने जिउला

सेती नदीले १० वर्षमा ५ हजार रोपनीभन्दा बढी खेत बगाइसकेको छ । नदी किनारका ६ गाउँका सयौं स्थानीय विस्थापित भएका छन् ।
वसन्तप्रताप सिंह

बझाङ — दस वर्षअघिसम्म जयपृथ्वी नगरपालिकाको रुइनाबगरकी शंखधारा जोशीको परिवार ‘हुने खानेमा’ गनिन्थ्यो । छानापरीमा रहेको १० रोपनी खेतमा वार्षिक २५ क्विन्टल धान फल्थ्यो । त्यो उत्पादनले खानलाई छेलोखेलो थियो ।

सेती नदीको कटानले बर्सेनि खुम्चिँदै गएको बझाङ, मस्टाको जिउलो र जोखिममा परेका घरहरू । तस्बिर : वसन्तप्रताप

धान बेचेरै वर्षमा ८०/९० हजार नगद भित्रिन्थ्यो । जिल्लाकै उर्वर मानिने उनको खेतमा त्यही हाराहारीमा गहुँ फल्थ्यो । छरछिमेकी साह्रोगाह्रो पर्दा शंखधाराकै परिवारलाई सम्झिन्थे ।

प्रकृतिले उनको परिवारको खुसी धेरै टिक्न दिएन । सेती नदीको कटानले उब्जाउ खेत बर्सेनि बगाउँदै लग्यो । ०७३ सम्म आइपुग्दा छानापरीमा रहेको सबै खेत बगायो ।

हेर्दाहेर्दै उनको परिवार सुकुम्बासी भयो । सडकमा काम गर्दै गरेको अवस्थामा भेटिएकी शंखधाराले भनिन्, ‘पहिलाका दिन सम्झँदा सपना जस्तो लाग्छ । अहिले त मजदुरी गरेको दिन मात्र चुलो बल्छ । नत्र भोकै सुत्नुपर्छ ।’

१० वर्षकै अवधिमा सुकुम्बासी बन्नेमा रुइनाबगरमा शंखधारा मात्र एक्ली होइनन् । सेती नदीको कटानले यहाँका ५० परिवारको ५ सय रोपनीभन्दा बढी जमिन बगर भइसकेको छ । १५ परिवारको हालत शंखधाराको जस्तै छ ।

सेतीको कटान जारी रहेकाले प्रत्येक वर्ष सुकुम्बासीको संख्या थपिँदो छ । स्थानीय प्रयागराज जोशी भन्छन्, ‘जिउलो (धान फल्ने फाँट) को बीचमा सिँचाइ कुलो थियो । नदीले काटा कुलो नै बग्ने अवस्थामा पुगिसक्यो । कटान रोक्न कुनै उपाय अपनाइएन भने दुई तीन वर्षभित्रै गाउँका सबै सुकुम्बासी भइसक्छन् ।’

धेरैजना नदी कटानले सुकुम्बासी हुने लाइनमा छन् । नदी नियन्त्रणका लागि कुनै पनि प्रयास नगरिँदा जिल्लाको अन्न भण्डारका रूपमा रहेका सेती किनारका ५० भन्दा बढी फाँट जोखिममा परेका छन् ।

जयपृथ्वी नगरपालिकाको भोपुर गाउँको त बस्ती नै उठ्ने खतरा छ । यो गाउँको नजिकै रहेको कालाखालीमा २०३६ सम्म विमानस्थल सञ्चालनमा थियो । त्यो भन्दा वर स्थानीयका खेत थिए । बर्सेनि हुने नदी कटानले विमानस्थलको नामोनिसान मेटाइसक्यो । स्थानीयका २ सय ५० रोपनीभन्दा बढी खेत कटान गर्दै नदी गाउँतिर सोझिएको छ ।

घरै बगाउने डरले स्थानीयलाई ठूलो पानी पर्दा निद्रा पर्न छाडेको ईश्वरनाथ जोशीले बताए । उनले भने, ‘खाने खेत त बगायो बगायो । अब घर पनि नरहने भयो । कुन बेला सेती नदी गाउँमा पस्ने हो भन्ने डरले ठूलो पानी परेको दिन सुत्नै सकिँदैन ।’

यहाँका १३ घर कटानको उच्च जोखिममा रहेको स्थानीय रमेश केसीले बताए । उनले नदी नियन्त्रणका लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा पटकपटक धाए पनि समस्याको सुनुवाइ नभएको बताए ।

‘कमिसनको सेटिङ मिलाउन सक्नेहरूको एकै ठाउँमा ५/ ६ पटकसम्म पनि योजना परेका छन् । हाम्रो गाउँ नै बग्न लागिसक्यो । कसैले हेरिदिएको छैन,’ उनले भने । सेती नदीको कटानले मस्टा गाउँपालिकाको जिन्नाडा, जाल्तडी, जयपृथ्वी नगरपालिकाको साइलाबगर, सुवेडा, गोलाई बस्टी, डिलबगर, सुतिया, थलाराको आमबगर, मालुमेला, पाराकाट्ने दगाजी र केदार स्युँ गाउँपालिकाको झोता र देउरालगायतका ठाउँमा पनि कटान तीव्र पारेकाले हजारौं रोपनी उब्जाउ खेत बग्ने खतरा रहेको स्थानीयले बताएका छन् ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार सेती नदीले प्रत्येक वर्ष २ हजार रोपनीको हाराहारीमा उब्जाउ भूभाग बगाउने गरेको छ । सेतीले १० वर्षयता ५ हजार रोपनीभन्दा बढी जमिन बगाएको र किनारामा रहेका ६ भन्दा बढी गाउँ विस्थापित भएको जिल्ला कृषि विकास अधिकृत राजेशकुमार केसीले बताए ।

उनले भने, ‘सबैभन्दा बढी उत्पादन हुने क्षेत्र त्यही हो, तर नदी कटानका कारण प्रत्येक वर्ष बेंसी क्षेत्रको जमिनको क्षेत्रफल घट्ने क्रममा छ ।’ नियन्त्रणको प्रभावकारी प्रयास नगरिए बझाङका जिउलाहरू केही वर्षभित्र बगरमा परिणत हुने उनले बताए ।

प्रकाशित : भाद्र ९, २०७५ १०:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT