लागु औषधसहित युवक पक्राउ 

कान्तिपुर संवाददाता

स्याङ्जा — पुतलीबजार नगरपालिका–१ स्थित ट्याकसीचोकमा पैदल हिडेका एक युवालाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ ।

शुक्रबार साँझ कास्कीकाे पोखरा लेखनाथ महानगरपालिका बसपार्क घर भएका २४ वर्षीय सन्तोष रानाभाटलाई पक्राउ गरेको हो।

Yamaha

अस्वभाविक रुपमा हिडिरहेको देख्दाशंका लागेर चेकजाँच गर्ने क्रममा पाइन्टको दुवै खल्तीमा डाइजेपाम २० पिस, फेनारगन २० पिस, नुरफिन २० गरी ६० पिस र नाइट्रेजेपाम १० ट्याब्लेट लागु औषध फेला पारि नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ। रानाभाटबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बतायो।

Esewa Pasal

प्रकाशित : भाद्र ९, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

माछा मार्न गएकाकाे खोलाले बगाएर मृत्यु 

नारायण शर्मा

नवलपरासी — मध्य राति माछा मार्न ढडिया थापेर घर फर्किदै गरेका एक स्थानीयको खोलाले बगाएर ज्यान गएको छ ।

कावासोती नगरपालिका–१४ हेगौलीका ५० वर्षीय मालसिंह महतोको केरुङ्गे खोलाले बगाएर शुक्रबार राति १ बजे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुुरका अनुसार खोलामा माछा मार्ने ढढिया (एक प्रकारको जाल) राखेर फर्किदै गर्दा उनलाई बगाएको हो । राति अबेरसम्म घर नआएपछि खोज्न जाँदा उनको शव खोला किनारमा भेटिएको हो ।

प्रकाशित : भाद्र ९, २०७५ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT