बिनाअनुमति सञ्चालित कक्षा बन्द गर्न गुरुकुललाई पत्र

कान्तिपुर संवाददाता

नारायण शर्मा — बिनाअनुमति चलाइएका कक्षा बन्द गराउन वैद्धिक कर्मकाण्ड गुरुकुललाई शिक्षा कार्यालयले पत्र लेखेको छ । दुम्कौलीस्थित शास्वतधामद्वारा सञ्चालित गुरुकुलमा पठनपाठन हुँदै आएको कक्षा ८ बन्द गराउन शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्णचन्द्र पोखरेलले पत्र लेखेका हुन् ।

कक्षा ६ र ७ को अनुमति लिएर संस्कृत पठनपाठन गराउँदै आएको गुरुकुलले कक्षा ८ सञ्चालनको अनुमति माग्दै गत पुस ३० गते जिल्ला शिक्षा कार्यालय र देवचुली नगरपालिकामा निवेदन दर्ता गराएको थियो । कार्यालयले कक्षा ८ सञ्चालन गर्दै गर्नु र पछि अनुमति प्रदान गरिने छ भन्ने मौखिक आश्वासन दिएपछि कक्षा ८ सञ्चालन गरिएको गुरुकुल दाबी गरेको छ ।

Yamaha


नि:शुल्क आवास, अध्ययन अध्यापनको सुविधा उपलब्ध हुने गुरुकुलमा सञ्चालित कक्षा ८ को पढाई बन्द गर्ने निर्णयले विद्यार्थी र अभिभावक निराश भएका प्रशासनले बताएको छ । ‘सरकारी अनुमतिका लागि तोकिएको समयमै गुरुकुलले सरकारी निकायमा लिखित पत्र दर्ता गराएका थियो, अनुमति देलान्भन्दा विद्यालय बन्द गर्नु भन्ने ब्यहोराको पत्र एक्कासी पत्रपत्रिकामा देखियो ’ गुरुकुलका प्राचार्य विष्णु घिमिरेले भने, 'बन्द गर्ने विषय सार्वजनिक भएपछि बैतडीदेखि ताप्लेजुङसम्मका अभिभावक चिन्तित भएका छन् ।'

देवचुली नगरपालिका १३ का वडाध्यक्ष दिलबहादुर खत्रीले यस्तो दुरासययुक्त ब्यबहारले सनातन धर्ममाथि प्रहार गरेको टिप्पणी गरेका छन् ।

Esewa Pasal

प्रकाशित : भाद्र ९, २०७५ १७:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च व्यहोर्ने प्रदेश सरकारको निर्णय 

अर्जुन शाह

धनगढी — धनगढीप्रदेश सरकारले कञ्चनपुरमा भएको झडपमा शुक्रबार मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने भएको छ ।  मन्त्रिपरिषद्को शनिबार आकस्मिक बैठकले मृतक सन्नी खुनाका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च दिने निर्णय गरेको हो । क्षतिपूर्ति रकम भने खुलाएको छैन ।  

मन्त्रालयमै शनिबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले कञ्चनपुरमा किशोरी बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन केन्द्र र प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले घटनाको अनुसन्धानमा सहयोग गर्नसमेत आग्रह गरेका छन् ।
‘प्रदेश सरकारकै आग्रहमा केन्द्र सरकारले उच्चस्तरीय छानबिन समिति पठाएको हो’ प्रवक्ता शाहले भने ‘आम नागरिकले उच्चस्तरीय छानबिन समितिलाई काम गर्ने वातावरण दिनुपर्छ ।’
कञ्चनपुरमा उत्पन्न परिस्थितिबारे छलफल गर्न सुरक्षा निकायका प्रमुखसहित शनिबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको मन्त्री शाहले बताए । कञ्चनपुरकी किशोरीको बलात्कारपछि हत्याको घटनाले हाल सबैलाई संवेदनशील बनाएको बताउँदै शाहले भने, ‘समस्या समाधानका लागि हामी केन्द्र सरकारसँग निरन्तर समन्वयमा छौं, चाँडै सबै कुरा ठीक हुन्छ ।’

प्रकाशित : भाद्र ९, २०७५ १६:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT