११ दिने शिशुको शव फेला

हरिराम उप्रेती

गोरखा — सिरानचोक गाउँपालिका २ थालाजुङ खमारेमा पाँच दिनदेखि हराएको भनिएकी ११ दिने शिशुको शव फेला परेको छ । मंगलबार घरभन्दा तीन सय मिटर पर खाल्डोमा गाडेको अवस्थामा शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । शिशुकी आमा १७ वर्षीय रस्मी गुरुङ भण्डारीले हत्या गरेको आशंका गरिएको छ । 


भदौ ८ गते रातको १२ बजे बच्चा हराएको भन्दै टेलिफोनबाट उजुरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। घटना थप रहस्यमय बन्दै गएपछि रस्मी पक्राउ परेकी थिइन्। ‘रस्मीलाई पक्राउ गरेर अनुसन्धान गर्दा हत्या गरेको स्वीकारिन्,’ एसपी विमल बस्नेतले भने, ‘मंगलबार रस्मीको बयानअनुसार हामीले घर नजिकैको बारीमा गएर हेर्दा बोराले बेरेको अवस्थामा खाल्डोभित्र शव भेट्यौँ।’

Yamaha


रस्मीले एक वर्षअघि गाउँकै १९ वर्षिय सवल भण्डारीसँग अन्तरजातीय विवाह गरेकी थिइन्। छोरीले अन्तरजातीय विवाह गरेकोमा रस्मीमा माइती पक्ष असन्तुष्ट थिए। छोरीलाई छुटाउन प्रयास भइरहेको अवस्थामा घटना भएको बुझेको प्रहरीले अनुसन्धानका लागि रस्मीकी आमा सरिता गुरुङलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

Esewa Pasal

प्रकाशित : भाद्र १२, २०७५ १६:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बिमस्टेक सम्मेलनः उपत्यकामा दुई दिन शिक्षण संस्था बिदा

कान्तिपुर संवाददाता

काठमाडौँ — बिमस्टेक चौथो शिखर सम्मेलनका कारण काठमाडौं उपत्यकाका शिक्षण संस्थाहरु  दुई दिन बन्द गरिने भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही भदौ १४ र १५ गते शैक्षिक संस्थाहरु बिदा मिलाउन पत्राचार गरेको छ। उसले काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तह (नगरपालिका र महानगरपालिका)मार्फत् बिदा मिलाउन भनेको छ।

‘काठमाडौंमा हुन गइरहेको बिमस्टेक चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथी तथा प्रतिनिधिहरुको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले भदौ १४ र १५ गते दुई दिन शिक्षण संस्था बिदा गर्न, शिक्षण संस्थाका सवारी साधनसमेत उक्त दिन नचलाउने व्यवस्थाका लागि,’ शिक्षा मन्त्रालयको पत्रसमेत उल्लेख गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा छ, ‘स्थानीय सरकार (नगपालिका र महानगरपालिका) मार्फत् बिदा गर्न र उक्त दुईदिन शिक्षण संस्थाका सवारी नचलाउने मन्त्री स्तरीय निर्णय भई आएकोले सो अनुसार गर्नु गराउनु हुन आदेशअनुसार अनुरोध छ।’

प्रकाशित : भाद्र १२, २०७५ १६:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT