गण्डकी

Pradesh-4

तोकियो स्थानीय तह संयोजक

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सघाउन र पार्टीका कार्यक्रम सञ्चालन गर्न कांग्रेसले यहाँका ११ स्थानीय तहका लागि पार्टीको संयोजक र महिला संयोजक तोकेको छ ।

तोकियो स्थानीय तह संयोजक

भौतिक पूर्वाधारमा कमी

गीतमा बेनीको बजार सुन्दर छ । म्याग्दी र कालीगण्डकी नदीले घेरिएको बजार क्षेत्र तस्बिरमा पनि उत्तिकै सुन्दर छ । नगरपालिकाले भने यहाँ कार्यालय राख्ने उपयुक्त जग्गा पाउन सकेको छैन ।

भौतिक पूर्वाधारमा कमी

खानी दर्ता झन्झटिलो

ताराखोला गाउँपालिका ५ का ओमप्रकाश घर्तीले खानी दर्ता लिएर फर्म सञ्चालनको प्रयास गरे । बीके सप्लायर्स नामक उनले दर्ता गरेको फर्म एक महिना नबित्दै बन्द गरे ।

खानी दर्ता झन्झटिलो

नेपाल बुझ्दै विदेशी विद्यार्थी

नेपाली भाषा, रहनसहन, जीवनशैली, सभ्यता, संस्कृति, राजनीति, पर्यटन र प्राकृतिक स्रोतलगायतबारे जानकारी लिने उद्देश्यसहित १७ देशका ३० विद्यार्थी पोखरा आएका छन् ।

नेपाल बुझ्दै विदेशी विद्यार्थी

बेपत्ताको प्रमाणपत्र

गोरखा नगरपालिका २ का रिठ्ठे सार्की १६ वर्षको छँदा ०२६ सालमा बेपत्ता भए । भाइको नाउँमा रहेको जग्गा भोगचलन गर्दै आए पनि दाजु बाबुरामले आफ्नो नाममा नामसारी गर्न पाएका थिएनन् ।

बेपत्ताको प्रमाणपत्र

आत्महत्या रोकथाममा पहल

राष्ट्रियस्तरका भलिबल खेलाडीका रूपमा छवि बनाएका बिरुवा गाउँपालिकाका महेश खड्काले केही दिनअघि झुन्डिएर आत्महत्या गरे । घटना अनुसन्धान भइरहेको भन्ने तयारी जवाफ बाहेक प्रहरीसँग उनले किन आत्महत्या गरेका हुन् भन्ने प्रश्नको उत्तर छैन ।

आत्महत्या रोकथाममा पहल

गण्डकी पूर्ण खोप

पूर्ण खोप सुनिश्चित हुने गण्डकी पहिलो बनेको छ । राष्ट्रिय खोप तालिका बमोजिम सबै बालबालिकाले सम्पूर्ण खोप पाएपछि गण्डकीलाई बुधबार पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।

गण्डकी पूर्ण खोप
भाद्र १३, २०७५

मुख्यमन्त्रीले भने– अधिकारबिनाको प्रदेश सरकार

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार अधिकारबिनाको अर्ध रहेको बताएका छन् । जनसंख्या र विकासका लागि सांसदहरूको मञ्च नेपालद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले सरकार भन्नासाथ कार्यकारी अधिकारसहितको हुने भए पनि प्रदेश सरकारको हकमा त्यस्तो हुन नसकेको बताए ।

मुख्यमन्त्रीले भने– अधिकारबिनाको प्रदेश सरकार

सिँचाइका लागि पोखरी

हिउँदे खेतीका लागि आवश्यक सिँचाइ समस्या टार्न पैयुँ गाउँपालिका २ त्रिवेणीका बासिन्दाले पोखरी निर्माण गरेका छन् । हिउँदमा बाँझो रहने अल्टारी, बाँस्कोटे, ठूलोबेंसी, नेपानेटारी र उपल्लो खन्नलगायतका करिब चार सय रोपनीमा सिँचाइ पुर्‍याउन स्थानीय धर्मखोलामा बाँध बाँधेर पोखरी बनाइएको हो ।

सिँचाइका लागि पोखरी

मूल्य प्रतिस्पर्धाले कुखुरापालक मर्कामा

बेंसीसहरका किसानले प्रतिकार्टुन ठूलाखाले अण्डाको २३ सय, मझौला २ हजार र सानो आकारको १८ सयमा बेच्दै आएका थिए । बजारमा बाहिरको अण्डा आइपुग्यो । २ हजार, १८ सय र १४ सयमा बाहिरको अण्डा बिक्री हुन थालेपछि जिल्लाका अण्डा उत्पादनलाई प्रतिस्पर्धा गर्नै गाह्रो परेको छ ।

मूल्य प्रतिस्पर्धाले कुखुरापालक मर्कामा

५ दिनदेखि शव अस्पतालमै

लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव ५ दिनदेखि अस्पतालमै छ । विद्यालयबाट घर फर्कँदै गर्दा बेपत्ता उनको भोलिपल्ट शव फेला परेको थियो । हत्या गरिएको शंकामा आफन्तले शव बुझेका छैनन् ।

५ दिनदेखि शव अस्पतालमै

प्रांगारिक खेती अर्गानिक तरकारी

बजारसम्म सडकको पहुँच पुगेपछि यहाँका पहाडी बस्तीहरूमा सुरु गरिएको प्रांगारिक खेतीले स्थानीयको जीवनशैलीमा परिवर्तन ल्याउन थालेको छ । ग्रामीण बस्तीमा सडकले कृषि क्रान्ति गरिरहेको छ ।

प्रांगारिक खेती अर्गानिक तरकारी

न बजेट न त कार्यक्रम

संघीयता कार्यान्वयनसँगै स्थानीय तहमा गाभिने गरी खारेज भनिएका विषयगत कार्यालय धमाधम प्रदेश मातहत रहने भन्दै नयाँ नामका साथ पुन:स्थापित गरिएका छन् । यी कार्यालयका लागि संघीय मन्त्रालयले बजेट, योजना र कर्मचारीलाई जिम्मेवारी नतोक्दा भने अन्योलको अवस्था छ ।

न बजेट न त कार्यक्रम