१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

तोकियो स्थानीय तह संयोजक

गोरखा — स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सघाउन र पार्टीका कार्यक्रम सञ्चालन गर्न कांग्रेसले यहाँका ११ स्थानीय तहका लागि पार्टीको संयोजक र महिला संयोजक तोकेको छ ।

तोकियो स्थानीय तह संयोजक

जनप्रतिनिधिमा निर्वाचितहरूलाई पार्टी आफ्ना काममा नलगाइ छुट्टै सघाउने संयन्त्र बनाउनु पर्नेमा अधिकांश स्थानीय तहमा निर्वाचितलाई नै पार्टीका गतिविधि पनि सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ ।


संयोजकले पार्टी गतिविधि र जनप्रतिनिधिलाई सघाउने र महिला संयोजकले महिलाका समस्या सुन्ने र महिला संघ सम्बन्धित गतिविधि गर्ने जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए । ‘पार्टीको जिल्ला सभापतिले संयोजक तोक्ने प्रावधान अनुसारको काम गरिएको हो,’ उनले भने ।


गोरखा नगरपालिकाका लागि संयोजकको जिम्मेवारी नगर सभापति चन्दनबाबु खत्रीलाई दिइएको छ भने महिला संयोजकमा उपमेयर बिना श्रेष्ठ चयन भएकी छन् । पालुङटार नगरपालिकाको संयोजकको जिम्मेवारी नगर सभापति एवमं मेयर दीपकबाबु कँडेल र महिला संयोजकमा चेतकुमारी श्रेष्ठलाई दिइएको छ ।


चुमनुव्री गाउँपालिकको संयोजकमा सूर्य गुरुङ चयन भएका छन् । बारपाक सुलिकोट गाउँपालिकाको संयोजकमा जीतबहादुर घले, महिला संयोजकमा अम्बिका थापा, धार्चेमा संयोजकमा माला गुरुङ र महिला संयोजकमा फुलमाया गुरुङले जिम्मेवारी पाएका छन् ।


गण्डकी गाउँपालिकामा संयोजक भीमप्रसाद अर्याल र महिला संयोजकमा ललिता अधिकारी, सहिद लखन गाउँपालिकाको संयोजक खुनप्रसाद रेग्मी, महिला संयोजकमा शर्मिला श्रेष्ठ, आरुघाट गाउँपालिकामा संयोजक गगन अधिकारी, महिला संयोजक कल्पना नेपाली, अजिरकोट गाउँपालिकाको सयोजकमा ओम गुरुङ र महिला संयोजकमा चन्द्रमाया गुरुङ चयन भएका छन् । भीमसेन थापा गाउँपालिकामा संयोजक भरत भट्ट र महिला संयोजक विनु वाग्लेलाई जिम्मेवारी दिइएको छ ।

११ स्थानीय तहमध्ये यहाँका नौ स्थानीय तहमा कांग्रेसका प्रमुख र सातमा उपप्रमुख छन् । कांग्रेसले उपमेयर र उपप्रमुख विजयी बनेका स्थानीय तहमा महिला संयोजकको जिम्मेवारी उनीहरुलाई नै दिएको छ ।


संघीयता कार्यान्वयनसँगै पहिलेका गाविस मिलेर गाउँपालिका तथा नगरपालिका बनेपछि उक्त स्थानीय तह हेर्ने गरि संयोजक र महिला संयोजक तोकिएको हो ।

प्रकाशित : भाद्र १४, २०७५ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?