कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कालीगण्डकीमा खसेर बिरामी बेपत्ता

घनश्याम खड्का

म्याग्दी — बेनी–जोमसोम सडकबाट चिप्लिएर काली गण्डकीमा एक बिरामी खस्दा बेपत्ता भएका छन् । उपचार गराउन सदरमुकाम हिँडेका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्का ४६ वर्षीय बमबहादुर पुर्जा सोमबार दिउँसो १ बजे कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका हुन् ।

कालीगण्डकीमा खसेर बिरामी बेपत्ता

बेनी–जोमसोम सडकमा खसेको पहिरोले यातायात अवरुद्ध भएपछि हिँडेर पहिरो पार गर्ने क्रममा अन्नपूर्ण गाउँपालिका–६ घारको भीरकाटेमा चिप्लिएर बामबहादुर कालीगण्डकी नदीमा खसेका प्रहरीले जनाएको छ ।


पेट सम्बन्धि रोगबाट धेरै दिनदेखि थलिएका पुर्जालाई उपचारका लागि गाउँपालिकाको एम्बुलेन्स लिएर श्रीमति मिठू पुर्जासहित हिँडेका थिए ।


बाटो अवरुद्ध भएपछि एम्बुलेन्सबाट झरेर श्रीमतिको हात समाएर पहिरो छिचोल्ने क्रममा बमबहादुर चिप्लिएर नदीमा खसेका थिए ।

प्रकाशित : भाद्र १८, २०७५ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?