३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पर्यटन प्रवर्द्धनका लागि जलयात्रा

स्याङ्जा — पर्यटन प्रवर्द्धनको कार्याक्रमका साथ आँधीखोलामा ऱ्याफ्टिङ आयोजना गरिएको छ । वन्डरफुल वालिङ समूहको पहलमा पुतलीबजार ११ को हेलुदेखि भीरकोटहुँदै वालिङको बायाँटारीसम्मको २५ किमि क्षेत्रमा जलयात्रा गरिएको हो ।

पर्यटन प्रवर्द्धनका लागि जलयात्रा

साउन र भदौ महिनामा पनि आँधीखोलामा जलयात्रा गर्न सकिने अध्ययन भएकाले पुतलीबजार, भीरकोट र वालिङ नगरपालिकासँगको सहमतिमा जलयात्रा आयोजना गरिएको वन्डरफुल वालिङका अभियन्ता दिनकर नेपालले बताए । ‘जलयात्राको मुख्य उद्देश्य नदी संरक्षणसँगै सेरोफेरोमा जागरण र आगामी माघमा हुने एक सय किमि अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताका लागि सहयोग संकलन गर्ने हो,’ उनले भने ।

ऱ्याफ्टिङ र कायकिङ सिक्नका लागि उपयुक्त मानिएको आँधीखोलाको प्रचार गर्न सके स्याङ्जावासीलाई फाइदा हुने समूहका सदस्य मोहन गुरुङले बताए । ‘सुरक्षा तथा मनोरञ्जनका हिसाबले आँधीखोलामा ऱ्याफ्टिङ उपयुक्त देखिएको छ,’ उनले भने, ‘पर्यटक भित्र्याउन सबैको चासो हुनुपर्छ ।’

खोलाको पानी धेरै चिसो नभई मध्यम खालको रहेको बताउँदै उनले नदीको गति सामान्य रहेकाले सिकारुका लागि उपयुक्त र सुरक्षित भएको दाबी गरे । पर्यटक प्रवद्र्धनका लागि आयोजित जलयात्रामा यहाँ १० वटा बोटमा ११ जना ऱ्याफ्टिङ गाइडको सहयोगमा ४०
परिवारका १ सय ११ जना सहभागी भएका थिए ।

२ हजार रुपैयाँ तिरेर ३ घण्टा जलयात्रा गरेको भीरकोट ५ का वडाध्यक्ष यामप्रसाद अधिकारीले बताए । ‘छुट्टै प्रकारको मनोरञ्जन भयो,’ उनले भने, ‘यसप्रकारको सुविधा सधैं दिन सके पर्यटक आकर्षित गर्न सकिन्छ ।’

प्रकाशित : भाद्र १९, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?