कुश्मा नगरपालिका १ को पाङमा वर्षाको पानी संकलन गरी सिँचाइ गर्न पोखरी निर्माण गरिएको छ । स्थानीय किसानको व्यावसायिक तरकारी खेतीमा सिँचाइ सुविधा पुर्याउन पोखरी बनाइएको हो ।
जिल्लाको सबैभन्दा दुर्गम धौलागिरि गाउँपालिका १ गुर्जावासीले जग्गाधनी पुर्जा पाउने भएका छन् । नापी कार्यालयले जग्गाको नक्सांकन नगर्दा गुर्जाका २ सय २० घरपरिवार वर्षौंदेखि जोतभोग गरे पनि जग्गाधनी पुर्जाविहीन छन् ।
गण्डकी गाउँपालिका ५ दर्बुङको रानीस्वाँरामा विदेशी युवाको समूह दुई महिनादेखि स्वयंसेवीका रूपमा गाउँलेलाई खानेपानी सेवा उपलब्ध गराउन खटेका छन् । उनीहरू २७ घरधुरीका लागि पाइप लाइन खन्न लागिरहेका हुन् ।
भूकम्पको केन्द्रविन्दु गोरखासँग सीमा जोडिएको दूधपोखरी गाउँपालिका १ को कल्लाबारी मावि पहिरोको जोखिममा परेको छ । पहिरो गएको ठाउँमा मूल निस्किएपछि झनै जोखिम बढेको हो ।