१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

विद्यालय भवन हस्तान्तरण

गोरखा — पालुङटार ५ ठाँटीपोखरीस्थित भवानी माद्यमिक विद्यालयको नवनिर्मित भवन बुधबार हस्तान्तण गरिएको छ ।

विद्यालय भवन हस्तान्तरण

२०७२ बैशाख १२ को भूकम्पले भत्काएको विद्यालय भवन १४ महिनामा निर्माण सक्ने लक्ष्यभन्दा ४ महिनाअघि नै पूरा गरिएको हो ।

हिमानी ट्रस्ट र बुद्घिष्ट अर्गनाइजेसनको सहयोगमा निर्मित आठकोठे भवन पूर्वरानी कोमल शाहले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकी हुन् । भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा पारस र हिमानीसँगै उनको परिवारका अन्य सदस्य सहभागी थिए ।

ट्रस्टले ४ करोड ९५ लाख रुपैयाँ खर्चेर आठकोठे भूकम्पप्रतिरोधी सुविधासम्पन्न विद्यालय निर्माण गरिदिएको प्रध्यानाध्यापक ओजराज गिरीले बताए । ‘एउटा विद्यालय भवन निर्माण सकियो, अर्को आठकोठे भवन पनि उहाँहरूले नै बनाउने सम्झौता भइसकेको छ,’ उनले भने । अब बन्ने नयाँ भवन निर्माण गर्न पाँच करोड लाग्ने अनुमान गरिएको उनले बताए ।

प्रकाशित : भाद्र २२, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?