१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

वडा सदस्यको तलब विद्यालयलाई

काठमाडौँ — जनप्रतिनिधिले तलब भत्ताको माग बढाइरहेका बेला यहाँका एक वडा सदस्यले भने आफ्नो तलब विद्यालयमा सहयोग गरेका छन् ।

वडा सदस्यको तलब विद्यालयलाई

जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाइलीले स्थानीय तहबाट पाएको तलब र भत्तामा व्यक्तिगत रुपैयाँ थपेर विद्यालयमा सहयोग गरेका हुन् । उनले संस्कृत मावि बेल बगरमा ८० हजार रुपैयाँका विज्ञान सामग्री र जनता बाल साक्षरता प्राविमा अध्ययन गर्ने बालबालिकालाई झन्डै ५० हजार रुपैयाँको विद्यालय पोसाक, झोला र शैक्षिक सामग्री वितरण गरे ।

उनले निर्वाचित भएयता झन्डै २० हजार भत्ता र मासिक ७ हजारका दरले ८४ हजार रुपैयाँ तलब पाएका थिए । उक्त रकममा व्यक्तिगत थप गरेर झन्डै डेढ लाखको सहयोग हस्तान्तरण गरेका हुन् । ‘वर्षौंदेखि विद्यालयमा विज्ञान प्रयोगशालामा थर्मोमिटर मात्र देखेको थिएँ, यो सामग्रीले पढाइमा सहयोग पुग्ला भनेर सहयोग गरेँ,’ उनले भने, ‘आफ्नो कार्यकालभर आएको तलब र भत्तालाई शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्चने योजना बनाएको छु ।’

प्रकाशित : भाद्र २४, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?