कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उपमेयरद्वारा नगरपालिकामा तालाबन्दी

नगरपालिकाको हिसावकिताव गोलमाल गरेको उपमेयर लगाएत कांग्रेसका जनप्रनिधिको आरोप
नारायण शर्मा

नवलपरासी — मेयर र प्रमुख प्रशासकीय अधिकृतले हिसाबकिताब गोलमाल गरेको आरोप लगाउँदै उपमेयर विष्णु कँडेलसहित कांग्रेसका १८ जनप्रतिनिधिले गैंडाकोट नगरपालिकामा तालाबन्दी गरेका छन् ।

उपमेयरद्वारा नगरपालिकामा तालाबन्दी

मेयर छत्र पौडेल र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले गत असारमा गरिएका भुक्तानी र खर्चको हिसाब देखाउन नमानेको उपमेयर कँडेलले बताइन । कांग्रेस नगर सभापति तारापति खरेलसहितको उपस्थितिमा कँडेलसहितका जनप्रतिनिधिले आचार्यको कार्यकक्षमा ताला लगाइदिएका छन् । मेयरको कार्यकक्षमा ताला लगाउन उनीहरू पर्खिएपनि पौडेल कार्यालय समयभरि बाहिर निस्केनन् ।


नगरपालिकाको आर्थिक गतिबिधि पारदर्शी नदेखाएर भ्रष्टाचार गरेको आरोप उपमेयर कँडेलको छ । सबैजसो बैठकका निर्णय बस्दाबस्दै लेख्नुपर्नेमा दुइजना मात्रै बसेर लेख्ने गरेको उनले बताइन । यता मेयर पौडेलले भने उपमेयरले माग्दैमा हिसाबकिताब देखाउन नपर्ने बताए ।


उपमेयरले हिसाब हेर्न खोज्ने अधिकार नभएको, हिसाब हेर्नपरे अख्तियार जान उनले चुनौती दिए । नगरपालिकाको हिसाब किताब र सबै सम्पत्ति जोगाउने दायित्व मेयरमा निहित भएकाले आफुले उपमेयर एक्लैलाई हिसाब देखाउदा उनले कागजात हिनामिना गर्न सक्ने आफूलाई लागेको उनको भनाइ छ । ‘म हिसाब सार्वजनिक गर्न तयार छु तर, उपमेयरलाई होइन अरुलाई,’ उनले भने । तालाबन्दी गरिएपछि नगरपालिकामा मंगलवार सर्वसाधारणको कामकाज प्रभावित भएको छ ।


गैडाकोटमा उपमेयरसहित कांग्रेसका १८ र मेयरसहित नेकपाका १० जना जनप्रतिनिधि छन् । बहुमतमा रहेको कांग्रेसले मेयर छत्र पौडेलले गर्ने जिम्मेवारीका काममा समेत हस्तक्षेप गर्ने प्रयास गर्दै आएको छ । मेयर पौडेलले पनि उपमेयर सहितको बहुमतलाई अस्वीकार गर्दै आएकाले दुइ पक्षबीच किचलो बढै गएको छ ।



प्रकाशित : भाद्र २६, २०७५ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?