व्यक्ति बचाउनतिर राज्य लाग्यो : मुख्यमन्त्री गुरुङ

कान्तिपुर संवाददाता

लेखनाथ — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्मला हत्याकाण्डमा एक व्यक्तिलाई बचाउन राज्य नै लागेको आरोप लगाएका छन् । 

शुक्रबार पोखराको एक कार्यक्रममा बोल्दै उनले आफ्नो मान्छेलाई अपराधी नै भएपनि काखी च्याप्ने प्रवृत्तिले काम गरेको आरोप लगाए । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले आयोजना गरेको कार्यक्रममा उनले प्रश्न गरे, ‘राज्य एउटा व्यक्तिलाई, आफ्नो मान्छेलाई बचाउन लाग्छ । यस्तो सिस्टम भयो मुलुकमा । सिस्टमले शासन गर्छ कि व्यक्तिले शासन गर्छ ?’

Yamaha

सिंगापुर सफलताको कथा सुनाउन आएका त्यहाँका प्रोफेसर डा.ग्यारी लिटसँगको संवाद कार्यक्रममा मुख्यमन्त्री गुरुङले उक्त अभिव्यक्ति दिएका हुन् । उनले सिंगापुरका पूर्व प्रधानमन्त्री लि क्वान युले लामो समय आफैंलाई साथ दिएका गृहमन्त्री भ्रष्टाचार प्रकरणमा मुछिएपछि निकालिदिएको प्रसंग निकाले ।

‘हामी त एउटै कुलको भनेपछि एउटै पार्टीको भनेपछि, झन् आफ्नै दाजुभाइ भनेपछि त हुरुक्कै हुन्छौं । अपराधी भएपनि बचाइरहन्छौं,’ उनले भने, ‘उ त्यो निर्मला हत्याबारेमा त्यहीं भएको होइन ? कसलाई बचाउनु पर्‍याछ त्यहीं भएर घुमिफिरी रुम्जाटार जस्तो भइरहको छ ।’

उनले स-साना कुरामा प्रतिवाद गर्ने, व्यक्ति केन्द्रित हुने र झगडा मिलाउनभन्दा बढाउनतर्फ लाग्ने संस्कारले नेपाल विकसित नभएको बताए । ‘एउटा नेतृत्व माथि आयो भने खुट्टा तान्न थालिहालिन्छ । हाम्रो संस्कार त्यो हो,’ उनले भने, ‘यहाँ पनि लि क्वान जन्मिन्थे होलान् तर लि क्वान बनेर काम गर्ने परिस्थिति नै छैन ।’

कार्यक्रममा प्रोफेसर डा.ग्यारी लिटले लि क्वानजस्तो भिजन भएका नेतृत्वकर्ता पाएर नै सिंगापुरले छोटो समयमै विकासमा फड्को मारेको अनुभव सुनाए । उनले कन्फ्युसियन संस्कार, बलियो मौद्रिक नीति, स्थिर मुद्रा, शुन्य भ्रष्टाचार, गुणस्तरीय शिक्षा, सार्वजनिक आवास कार्यक्रम, व्यवस्थित सार्वजनिक यातायात लगायतले सिंगापुरको वैभव सम्भव भएको उल्लेख गरे ।

Esewa Pasal

प्रकाशित : भाद्र २९, २०७५ १९:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

समुद्रमा हामफालेर आत्महत्या

कान्तिपुर संवाददाता

न्युयोर्क — क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा बस्दै आएका एक नेपाली युवाले समुद्रमा हामफालेर आत्महत्या गरेका छन् । बे एरियामा बस्दै आएका विद्यार्थी सन्जित भट्टले बुधबार पुलबाट समुद्रमा हामफालेका थिए । भट्टको मुलघर नवलपरासीको परासी बजार रहेको बुझिएको छ । 

अध्ययनसँगै उबर चालक रहेका भट्ट बुधबार राति घरबाट आमाले पकाएको खाना खाएर काममा जाने भन्दै हिँडेका परिवारको एक सदस्यले कान्तिपुरलाई बताए । उनी निस्के लगत्तै कोठामासँगै बस्ने साथीले सुसाइड नोट देखेपछि परिवारलाई खबर गरेका थिए । भट्टले नोटमा आफू जिन्दगीबाट विरक्तिएको र समुद्रमा हामफाल्न हिँडेको उल्लेख गरेका थिए ।

कन्ट्राकोष्ट कम्युनिटी कलेजबाट अध्ययन सकेर, सानफ्रान्सिस्को स्टेट युनिभर्सिटीमा भर्ना हुने सुरसारमा रहेका भट्टले सानराफेल पुलबाट हामफालेर आत्महत्या गरेका थिए । प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि करिब २ बजे बिहान शव फेला परेको थिए । पोष्टमार्टम भइसकेको भट्टको शुक्रबार दाहसंस्कार गरिनेछ ।

प्रकाशित : भाद्र २९, २०७५ १८:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT