दुर्घटनामा दुईको मृत्यु

आश गुरुङ

लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका-१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा सोमबार एक बटुवाको मृत्यु भएको छ ।

दुर्घटनामा दुईको मृत्यु

प्रहरीका अनुसार सोमबार बिहान उदिपुरबाट सुन्दरबजार-९ भोटेओडारतर्फ जाँदै गरेको ग १३ प ९००३ नम्बरको स्कुटरले ठक्कर दिँदा स्थानीय ५२ वर्षीय लक्ष्मी तामाङको मृत्यु भएको हो ।


स्कुटरको ठक्करबाट टाउकोमा चोट लागेका तामाङको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार सम्भव नभएपछि लाने तयारी गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीले स्कुटर चालक गोरखा पालुङटार नगरपालिका-४ का १९ वर्षीय विजय भुजेललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।


यस्तै सुन्दरबजार नगरपालिका-९ पैह्रेमा आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । कुमालटारका २७ वर्षीय प्रदीप मिश्रको आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो ।


निर्माण व्यवसायमा आबद्ध उनको उपचारका क्रममा सोमबार बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको नातेदारले बताए ।


सिउँडीबारबाट घर जाने क्रममा उनको सुन्दरबजार नगरपालिका ९ पैरेमा शनिबार दुर्घटना भएको थियो । मिश्रले मादक पदार्थ सेवन गरी सवारी चलाएको बुझिएको प्रहरीले बताएको छ । उनले चलाएको बा ७४ प २०१४ नम्बरको मोटरसाइकल इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छ ।

प्रकाशित : आश्विन १, २०७५ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?