१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

तीन महिनापछि सडक खुल्यो

काठमाडौँ — तीन महिनादेखि अवरुद्ध आँबुखैरेनी, व्यास र बन्दीपुर जोड्ने बुद्धसिंह मार्गको लाब्दी घुमाउने सडकखण्ड बल्ल खुलेको छ । वर्षायाम सुरु भएसँगै झरेको पहिरोले उक्त सडकखण्डमा यातायात आवागमन अवरुद्ध थियो ।

तीन महिनापछि सडक खुल्यो

आधा दर्जन स्थानमा खसेको पहिरो पन्छाएपछि मंगलवरबाट गाडी चल्न थालेको छ । डाँडाबाट खस्ने पहिरो सडक अवरुद्ध पार्दै सेती नदीमा खसिरहेकाले सडक खुलाउन ढिलाइ भएको सडक डिभिजन कार्यालय तनहुँका प्रमुख भानु जोशीेले बताए ।

‘पहिरो पन्छायो, फेरि झरी परेपछि खसिहाल्छ,’ उनले भने, ‘अहिले पानी पर्न कम भएपछि हतार–हतार काम गरेका हौं ।’ सडक विस्तार नगरेसम्म बर्सेनि यस्तै समस्या आइरहने उनले बताए ।

आँबुखैरेनी ६ का वडाध्यक्ष सुनाराम गुरुङले पहिरो पन्छाए पनि एकतर्फी मात्रै गाडी चल्ने अवस्था रहेको बताए । ‘अब जिप र बस एकतर्फी आउजाउ हुन्छ,’ उनले भने, ‘घुमाउनेनिरको पहिरो अझै राम्ररी पन्छाउन बाँकी छ । पूरै पहिरो पन्छाए राम्रो हुने थियो ।’

पहिरो पन्छाएपछि घुमाउनेवासीलाई सदरमुकाम दमौली आउजाउ गर्न सहज भएको उनले बताए । सडक अवरुद्ध हुँदा घुमाउनेवासीले लाब्दीखोलासम्म पैदल हिँड्नु पथ्र्यो । त्यसको विकल्पमा मुग्लिन–नारायणगढ सडकको प्रयोग गरेर दमौली आउजाउ गर्न बाध्य भएका थिए ।

बुद्धसिंह मार्गमा पर्ने बेलवास– साराङघाट सडकखण्डमा ठाउँ– ठाउँमा पहिरो झरेको छ । पहिरो झर्नसाथ सडक विभागले जेसीभी लगाएर एकतर्फी भए पनि सडक खुलाउने गरिरहेको छ ।

प्रकाशित : आश्विन ३, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?