१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हत्याहिंसाविरुद्ध अनशन

बागलुङ — हत्याहिंसाविरुद्ध बागलुङमा युवाले बिहीबार २४ घण्टे अनशन गरेका छन् । कञ्चनपुरकी निर्मला पन्त र बागलुङका संगीन जिसीको हत्याको घटना छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै अनशन गरेका हुन् ।

हत्याहिंसाविरुद्ध अनशन

पन्त हत्याको देशव्यापी निन्दा भइरहेकै बेला २२ वर्षीय जिसीको काठमाडौंको स्वयम्भु जंगलमा हत्या भएको थियो । जनै पूर्णिमाको दिन घरबाट बेपत्ता भएका उनको शव टाउको र शरीर छुट्टिएको अवस्थामा एक सातापछि भेटिएको थियो ।

उक्त घटनामा अभिभावकले प्रहरी र गृहमन्त्रालयमा न्यायिक छानबिनका लागि ज्ञापनपत्र बुझाउँदा आत्महत्या गरेको भन्ने अभिव्यक्ति आएपछि बागलुङवासी रुष्ट छन् । ढोरपाटन १ बुर्तिबाङका जिसी राजधानीमा अध्ययनरत थिए ।

उनको हत्याको घटनापछि बुर्तिबाङ र जिल्लाका विभिन्न स्थानमा युवाले दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । बिहीबार अनशनमा बसेका युवाले निर्मला पन्त र संगीन जिसीका हत्यारालाई पक्राउ गर्दै सार्वजनिक गर्न माग गरेका छन् ।

प्रकाशित : आश्विन ५, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?