१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘यौन दुर्व्यवहार गर्ने शिक्षक हटाऊ’

म्याग्दी — सदरमुकाम बेनी नगर क्षेत्रभित्रैको एक विद्यालयबाट शिक्षकलाई हटाइदिन व्यवस्थापन समितिले जिल्ला प्रशासन र नगरपालिकामा निवेदन दिएको छ ।

‘यौन दुर्व्यवहार गर्ने शिक्षक हटाऊ’

कक्षाभित्रै ३, ४ र ५ कक्षाका छात्रालाई संवेदनशील अंग चलाइदिने र यौन दुर्व्यवहार गर्ने गरेको भन्दै ५४ जना अभिभावकले हस्ताक्षरतसहित निवेदन दिएपछि समिति पनि गम्भीर भएको हो । ‘सर्वपक्षीय भेलामा अभिभावकले आरोपी शिक्षकलाई कारबाही गरी नहटाए छोराछोरी स्कुल नपठाउने अडान राखेपछि राजीनामा दिन वा सरुवा मिलाइदिन हामीले पनि सम्बद्ध निकायलाई अल्टिमेटम दिएका छौं,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणबहादुर कार्कीले भने, ‘जिल्ला प्रशासनमा पनि निकायमा लिखित जानकारी गराएका छौं ।’

अभिभावकका अनुसार भदौ २१ मै घटना बाहिर आए पनि विद्यालय प्रशासनले विद्यार्थीसँग माफी मागेर घटना गुपचुप पार्ने प्रयास गरेको थियो । विद्यालय प्रशासनले उक्त घटना व्यवस्थापन समिति र जनप्रतिनिधिलाई पनि जानकारी दिएको थिएन । यस्तो थाहा पाएपछि अभिभावकले व्यवस्थापन समितिलाई जानकारी गराएका हुन् ।

विद्यालय व्यवस्थापन समितिले बुधबार समाजका अगुवा, जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षकहरू, पीडित विद्यार्थी र अभिभावकका अगाडि आरोपी शिक्षकलाई उभ्याएको थियो । उनले भेलामा आफ्नो गल्ती स्वीकार गरेको समितिले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापा पहिरो प्रभावित रितुङ माविको निरीक्षणमा बेनीबाहिर छन् । विद्यालय व्यवस्थापन समितिको निवेदन इकाइमा आएको जानकारी आफूले पाएको उनले बताए । ‘घटना गम्भीर हो,’ उनले फोनमा भने, ‘म बेनी फर्केर आइतबारबाट घटनामा छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउँछु ।’

प्रकाशित : आश्विन ६, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?