३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

काप्रे भीरमा मात्रै अवरोध

म्याग्दी — बाढीपहिरोले क्षति पुर्‍याएपछि गत सातादेखि अवरुद्ध बेनी–जोमसोम सडकमा काप्रे भीरबाहेक अन्य अवरोध हटेको छ ।

काप्रे भीरमा मात्रै अवरोध

उत्तर गलेश्वरमा कालीगण्डकीको सहायक नदी रघुगंगामा आएको बाढीले सडक बगाएको भागमा बिहीबार नयाँ ट्रयाक खोलिएको छ ।

बेनीबाट ३८ किमि माथि अन्नपूर्ण गाउँपालिका–३ दानाको काप्रेमा ट्रयाक खोल्ने प्रयास जारी रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । ‘सडकको माटोको भाग सबै पहिरोले बगाएको छ । नेपाली सेनाबाट विस्फोटक पदार्थ ल्याई पहरा फुटाएर ट्रयाक खोल्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘बेनी–जोमसोम सडकको काप्रे भीर बाहेक सबै खण्डमा पहिरो पन्छाएपछि गाडी आउजाउ हुन थालेको छ ।’ काप्रे भीरमा पनि शुक्रबारसम्म ट्रयाक खोल्ने गरी काम भइरहेको उनले बताए । भीरमा रहेको अवरोधका कारण यति बेला बेनी–जोमसोम यात्रामा रहेकाहरूले करिब ४ किमि पैदल हिँड्नुपर्ने अवस्था छ ।

यति बेला मुस्ताङीलाई स्याउ बजारमा पठाउने हतार सुरु भएको छ । स्रोह्रश्राद्धमा कागबेनी जाने तीर्थयात्रीको पनि चाप रहन्छ । दुवैलाई ध्यानमा राखेर सकभर छिटो सडक खोल्नेगरी काम भइरहेको जिल्ला प्रशासनले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?