कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

संघलाई तर्साउन खोजेको हैन : गुरुङ

लेखनाथ — गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको अधिकार खोजेर संघीय सरकारलाई तर्साउने मनसाय नरहेको बताएका छन् । 

संघलाई तर्साउन खोजेको हैन : गुरुङ

गण्डकी प्रदेशसभामा आइतबार विशेष सम्बोधन गर्दै उनले भने, ‘संविधानमै भएका व्यवस्था लागू गर्न आनाकानी गर्दा प्रदेश सरकार कमजोर देखिएको छ । केही परिणाम नआउँदा प्रदेश सरकारको कामै रहेनछ भन्ने लाग्नु स्वाभाविकै हो । चाँडोभन्दा चाँडो यो व्यवस्थालाई कसरी सफल बनाउने र जनतालाई कसरी सुखसुविधा दिने, यसको औचित्य पुष्टि गर्नुपर्छ ।’


पोखरामा भएको मुख्यमन्त्री भेलाका निर्णयबारे उनले भने, ‘यो कसैप्रति घेराबन्दी होइन, आलोचना पनि होइन । संविधानमा भएका व्यवस्था कार्यान्वयन होस् मात्रै भनेका हौं ।’ उनले प्रदेश सरकार सफल पार्नका लागि, प्रदेश सरकारको गौरव बढाउनका लागि, गण्डकी प्रदेशको विकासको चाहना पूरा गर्नका लागि आफू फाँसीमा झुन्डिन पनि तयार रहेको बताए । सरकार सञ्चालन गर्दा भोगेका समस्या पहिचान गरी तिनको समाधानमा साझा धारणा बनाउन संवैधानिक व्यवस्थाअनुरूप नै मुख्यमन्त्रीको भेला बोलाएको उनले बताए । उक्त अवसरमा उनले प्रदेश सरकारले गरेका कार्यप्रगति पनि सदनमा सुनाएका थिए ।

प्रकाशित : आश्विन ७, २०७५ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?