कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस र माइक्रो ठोक्किँदा २ काे मृत्यु, ८ घाइते 

प्रताप रानामगर

दमौली — पृथ्वीराजमार्गमा अन्तरगत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा मंगलबार बस र माइक्रोबस आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् । 

बस र माइक्रो ठोक्किँदा २ काे मृत्यु, ८ घाइते 

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रो र विपरित दिशाबाट आउँदै गरको लु १ ख ४१९४ नम्बरको बस आपसमा ठोक्किएको हाे ।

दुर्घटनामा मृत्यु हुनेमा व्याँस–११ घर भई हाल भादगाउँमा बस्दै आएकी ३४ वर्षीया सरस्वती कुँवर र अर्की एक महिला रहेको प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले बताए । अर्की महिलाको ठेगाना खुल्न नसकेको उनले बताए ।

दुर्घटनामा माइक्रोबस चालक तुलबहादुर विकसहित ८ जना घाइते छन् । घाइते मध्ये व्याँस–२ की ८० वर्षीय बिष्णुकमारी बस्नेतको अवस्था गम्भीर छ । उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?