कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

युवतीमाथि फेरि एसिड प्रहार

नवलपरासी — पूर्वी नवलपरासीको कावासोतीमा एसिड र छुरा प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन् । कावासोती नगरपालिका–१६ डण्डा हरबासीकी २० वर्षीया बसन्ती परियारलाई छिमेकी ३७ वर्षीय विमल श्रीपालीले एसिड र छुरा प्रहार गरेका हुन् ।

युवतीमाथि फेरि एसिड प्रहार

सोमबार साँझ बजार गरेर घरतर्फ जाँदै गरेकी परियारलाई बाटोमा एक्कासी आक्रमण भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी लिलाराज लामिछानेले बताए ।

घाइते परियारलाई स्थानीयको सहयोगमा तत्काल चितवनको भरतपुर अस्पतालमा लगिएको थियाे । एसिड र चक्कु प्रहार गर्ने विमल श्रीपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : आश्विन ९, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?