कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सवारी दुर्घटनामा दुईको मृत्यु

लालप्रसाद शर्मा.

पोखरा — तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरीमा दमौलीबाट पोखरातर्फ जाँदै गरेको हाईस र विपरीत दिशाबाट आएको बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा दुईको मृत्यु

मृतकमा तनहुँको ब्यास नगरपालिका ११ बस्ने ३५ वर्षीया सरस्वती कुँवर सोही नगरपालिका ४ की ५० वर्षीया चीजकुमारी बतास रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


प्रहरी नायव उपरीक्षक गोविन्द पुरीका अनुसार बा ३ ख ४४४२ नम्बरको हाईस र लु १ ख ४१९५ नम्बरको बस ठोक्किएका हुन । दुर्घटनामा अन्य ९ यात्रु घाइते भएका छन् । उपचारका क्रममा उनीहरुको ज्यान गएको पुरीले बताए । घाइतेमध्ये ७ जनाको पोखरास्थित मनिपाल शिक्षण अस्पताल र दुई जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।


बसका चालक चिरन्जीवी श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ । हाईस चालक भने घाइते छन् ।

प्रकाशित : आश्विन ९, २०७५ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?