कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै लक्ष्य आर्थिक विकास र समृद्धि : रक्षामन्त्री

प्रताप रानामगर

दमौली — उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको एक मात्र लक्ष्य आर्थिक विकास र समृद्धि भएको बताएका छन् । 

एउटै लक्ष्य आर्थिक विकास र समृद्धि : रक्षामन्त्री

तनहुँ प्रतिनिधिसभा १ का सांसद कृष्णकुमार श्रेष्ठका पिता केबलबहादुर श्रेष्ठको निधनको १३ औँ पुण्‌य तिथिमा आइतबार श्रद्धाञ्जली दिँदै आर्थिक विकास र समृद्धिका लागि सरकार र प्रतिपक्ष एकताबद्ध भएर लाग्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिए ।


‘देशमा लामो समय राजनीतिक अस्थिरता रह्यो, वर्ष दिनभित्रै सरकार टिक्न नपाउने’ उनले भने, ‘यस्तो खालको दुर्भाग्यपूर्ण शिलशिला चल्यो, राजनीतिक अस्थिरता औपचारिक रुपमा अन्त्य भएको छ ।’

अब नेपाली जनताले राजनीतिक अस्थिरताको दुशचक्रमा पर्ने छैन । सबै राजनीतिक दल विकास निर्माणका लागि सााझा सहमति बनाई, सहकार्य गरी अगाडि बढ्नुको विकल्प छैन ।


निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धता र सरकारले गठन भएपछि नीति कार्यक्रम निर्देशित हुने उनले बताए । ‘सरकारले जनताको चाहना अनुसार तत्काल नै परिणाम आउने खालका काम गर्न सकेन होला’ उपप्रधानमन्त्री पोखेरलले भने,‘काम गर्न सरकारको लय मिलेन होला, तर निर्वाचनका बेलामा गरेका घोषणापत्र र सरकारले ल्याएको नीति कार्यक्रम अनुसार नै जनतामाझ कबुल पुरा गर्नेछ । ’

प्रकाशित : आश्विन २१, २०७५ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?