१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अरिंगालले टाेकेर ४ घाइते

प्रतिक्षा काफ्ले

स्याङ्जा — अरिंगालकाे टोकाइबाट वालिङ र गल्याङ नगरपालिकामा चारजना घाइते भएका छन् । आइतबार साँझ वालिङ नगरपालिका–१ त्रियासीका ४५ वर्षीया विना रेग्मी र सोही ठाउँकी २२ वर्षीया विमला काफ्ले घाइते भएका हुन ।

अरिंगालले टाेकेर ४ घाइते

बाटोमा हिडिरहेको अवस्थामा हावा हुरी चल्दा रुखमा रहेका अरिंगालले टोकेर घाइते भएका दुवै जनालाई प्राथमिक उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो । त्यहाँ उपचार हनु नसकेपछि उनीहरुलाई गण्डकी मेडिकल कलेज पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शरीरको विभिन्न स्थानमा विनालाई १२ र विमलालाई १६ वटा अरिंगाल टोकेका थिए ।


यसैगरी आइतबार साँझ नै गल्याङ नगरपालिका–६ पिडिखोलामा दुई महिला अरिंगालले टाेकेर घाइते भएका छन् । खरबारीमा घाँस काट्ने क्रममा गल्याङ–६ की १७ वर्षीया मुन्ना रेश्मी र २० वर्षीया माया डिसा घाइते भएका हुन । हावाहुरीका बेला अरिंगालकाे गाेलाेले टाेक्दा उनीहरु बेहोस अवस्थामा भेटिएका थिए ।


उनीहरुलाई उपचारका लागि प्रभास अस्पताल पाल्पा लगिएको जिल्ला प्रहरी प्रवत्ता डिएसपी प्रकाश बिष्टले जानकारी दिए । प्रहरीकाअनुसार मुन्नाकाे शरीरमा १७ र मायालाई २० अरिंगालले टोकेका थिए ।

प्रकाशित : आश्विन २२, २०७५ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?