१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जबरजस्ती करणीका आरोपी पक्राउ

प्रतिक्षा काफ्ले

स्याङजा — सुस्त मनस्थिति भएकी १६ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेेको छ ।

जबरजस्ती करणीका आरोपी पक्राउ

गाईभैसी चराउन गएको बेला ती बालिकालाई शुक्रबार दिउँसो पुतलीबजार नगरपालिका-१४ बैदिखोलाका ४८ वर्षीय जुद्धबहादुर भण्डारीले करणी गरेको प्रहरीले जनाएको छ । कोही नभएको मौका पारेर बालिकालाई विफ्रे जंगलमा लगी भण्डारीले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।


पीडित परिवारले बालिकाको मुख थुनेर जबरजस्ती करणी गरेर कसैलाई नभन्नु भन्दै भण्डारीले धम्की समेत दिएको प्रहरीलाई बताएका छन् । शनिबार बिहान पीडित बालिकाले परिवारलाई घटनाबारे बताएकी थिइन् ।

पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा भण्डारी विरुद्ध जाहेरी दिएका छन् । उनलाई जवरजस्ती करणी मुद्दामा म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।


नायब उपरीक्षक विष्टका अनुसार ती बालिकालाई यसअघि पुतलीबजार नगरपालिका-८ का ४७ वर्षीय मेगबहादुर भुजेलले करणी गरेको थिए । ‘पीडितको मिसिल जिल्ला अदालतमा पेश भएको रहेछ’ डीएसपी बिष्टले थपे, ‘पीडक मेगबहादुरलाई १५ वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने भनि फैसला भएको रहेछ । तर, भुजेल आजसम्म पनि फरारको सूचीमा छन् ।

प्रकाशित : आश्विन २२, २०७५ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?