मोटरसाइकल कालीगण्डकी किनारमा झर्‍यो, पर्यटक घाइते

घनश्याम खड्का

म्याग्दी — मुस्ताङ जानेक्रममा मोटरसाइकल दुर्घटना हुँदा अस्ट्रेलियन पर्यटक घाइते भएकी छिन् । बा ४१ प ३६८ नम्बरको रोयल इन्फेन्टर मोटरसाइकलमा सवार ५५ वर्षीया अस्ट्रेलियन नागरिक रोवर्टस नोभेल सुजेम मेरीया बेनीदेखि तीन किलोमिटर उत्तर गलेश्वर नजिक दुर्घटनामा परेकी हुन् ।

मोटरसाइकल कालीगण्डकी किनारमा झर्‍यो, पर्यटक घाइते

मेरिया मोटरसाइकलसहित सडकदेखि करिब १२ मिटर तल कालीगण्डकी नदी किनारमा खसेकी थिइन् ।


‘सबै पर्यटक आआफ्ना बाइकमा सवार थिए, पछिल्लो बाइक भने खोलामा खस्यो । हामी पछिपछि भएकोले तत्काल उद्धार गर्‍यौं’ प्रत्यक्षदर्शी भलिबल खेलाडी तेजेन्द्र बानियाँले भने, ‘घाइतेलाई अस्पताल ल्याएका हौं ।’


जिल्ला अस्पतालकी हेल्थ असिस्टेन्ट सुस्मा कटुवालका अनुसार घाइतेको दाहिने कुमको हड्डी (ह्युमरस वोन) भाँचिएको छ । अन्य चोट भने सामान्य छ ।


घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं रिफर गरिएको छ ।


प्रकाशित : आश्विन २५, २०७५ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?