दुर्घटनामा १३ यात्रु घाइते, तीनको अवस्था गम्भीर

प्रतिक्षा काफ्ले

स्याङ्जा — पुतलीबजार नगरपालिका ११ स्थित बगालथोकमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा १३ यात्रु घाइते, तीनको अवस्था गम्भीर

पोखराबाट सुनौलीतर्फ जाँदै गरेको लु१ख ४८७७ नम्बरको बस टाईरड (चक्का घुमाउने डण्डी) फुस्कीएपछि अचानक भित्तामा ठोक्किन पुगेको जिल्ला प्रहरीले जनायो । घाइतेलाई जिल्ला अस्पताल स्याङ्जामा उपचारार्थ ल्याइएको थियो । तीमध्ये पुतलीबजार ४ की २४ वर्षीया सदङ परियार, गल्याङ ३ बस्ने २१ वर्षीय यमबहादुर गाहा र कास्की जिल्ला पोखरा उपमहानगरपालिका १० की ५२ वर्षीया गोमा गुरुङको अवस्था गम्भीर भएकाले प्राथमिक उपचारपश्चात् थप उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी रिफर गरिएको जिल्ला प्रहरी प्रवत्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।


डिएसपी विष्टका अनुसार चापाकोट नगरपालिका १ का १८ वर्षीय भद्रबहादुर आले, भीरकोट नगरपालिका ४ की १७ वर्षीया सुजु राना, रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ११ बस्ने १८ वर्षीया दिपा पराजुली, पाल्पा जिल्ला रामपुर नगरपालिका १० की १९ वर्षीया लक्ष्मी न्यौपाने र कास्की जिल्ला पोखरा उपमहानगरपालिका ३३ की २५ वर्षीया संगीता रानाभाटको जिल्ला अस्पताल स्याङ्जामा नै उपचार भइरहेको छ ।


पुतलीबजार ११ की २८ वर्षीया माया शर्मा, ११ की ४७ वर्षीया सीता रेग्मी, भीरकोट ८ की ३५ वर्षीया कमला खनाल, पर्वत जिल्ला पैयु गाउँपालिका ७ का ४५ वर्षीय छमबहादुर सुनार र तनहुँ जिल्ला निवासी १५ वर्षीया मुना सुनार भनेर उपचारपश्चात् डिस्चार्ज भएको डीएसपी विष्टले बताए । ‘मुनाको ठेगना पत्ता लागेको छैन’ उनले भने ।


बस घटनास्थलमा नै रहेको प्रहरीले बताएको छ । बस चालक रूपन्देही जिल्ला तिलोतमा नगरपालिका ११ का ५६ वर्षीय दलबहादुर गुरूङलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको जनाएको छ ।


प्रकाशित : आश्विन २५, २०७५ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?