चार घण्टादेखि राजमार्ग अवरुद्ध, पानी खाना नपाएको यात्रुको गुनासो

नारायण शर्मा

काठमाडौँ — महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्ड चार घण्टादेखि अवरुद्ध भएको छ । दाउन्नेको घिउ खोलानजिक बिहीबार अपराह्न पराल बोकेको ट्रक पल्टिएपछि सडक जाम भएको हो ।

चार घण्टादेखि राजमार्ग अवरुद्ध, पानी खाना नपाएको यात्रुको गुनासो

दसैंका लागि पूर्व–पश्चिम हिँडेका हजारौं यात्रु अलपत्र परेका छन् । घटनास्थलमा प्रहरी छैनन् । गाडी चालकहरुले आफूखुसी उछिन्न खोज्दा दोहोरो जाम परेको प्रहरीले जनाएको छ ।


दाउन्ने पूर्वतर्फका गाडीको लाम अरुणखोलाको जंगलसम्म र पश्चिमतर्फ चिसापानीसम्मको सडक खण्डमा जाम छ । प्रहरीका अनुसार अरुणखोला र चिसापानीसम्मको दूरी करिब २० किलोमिटर छ । गाडी जाममा परेपछि यात्रुहरु जंगल क्षेत्रमा टहलिएर बसेका छन् । उनीहरुले पानीसमेत खाना नपाएको गुनासो गरिरहेका छन् ।


जाम कतिखेर खुल्ने भन्ने एकीन छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने पल्टिएको गाडी उठाउन होङ्सी सिमेन्टबाट क्रेन मगाइएको जनाएको छ ।

प्रकाशित : आश्विन २५, २०७५ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?