२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सेनाका अनिश बने 'लिगलिगे राजा'

हरिराम उप्रेती

काठमाडौँ — भारतीय गोर्खा सेनामा कार्यरत अनिश थापा मगरले नगदसहित श्रीपेच जित्दै 'लिगलिगे राजा' बनेका छन् । आइतबार भएको लिगलिगे दौड प्रतियोगितामा पर्वत घर भएका थापा मगरले चेपेघाटदेखि लिगलिगसम्मको दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै लिगिलगे राजा बनेका हुन् ।

सेनाका अनिश बने 'लिगलिगे राजा'

उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाएर नगद प्रमाणपत्रले पुरस्कृत गरेका छन् । आज एक रात अनिशलाई लिगलिगमै राजा बनाएर राख्ने व्यवस्था मिलाइएको छ ।


नेपाल एकीकरणअघि बाइसे चौबिसे राज्य हुँदा लिगलिगकोटमा राजा छान्न वि.सं. १६०४ मा उत्त दौड सुरु भएको मानिन्छ । लिगलिगको राज्य सञ्चालनका लागि तत्कालीन समयमा विजादशमीको दिन दौड हुने सहमति बनेको थियो । १६०४ देखि १६ सय ५५ सम्म दलसुर घलेले दौड जितेर लिगलिग राज्यको राज भइ राज्य गरेका थिए । सोही सम्झना तथा इतिहासलाई जिवन्त बनाउन दौड सुरु गरिएको हो ।


तत्कालीन शाहवंशीय राजाका संस्थापक द्रब्य शाह पनि उक्त दौड जितेर राजा भएको इतिहासमा उल्लेख छ । तत्कालीन राजा द्रब्य शाहले लिगलिगे दौड जितेर नै घले राजाहरुको राज्य सम्हालेपछि ऐतिहासिक लिगलिगे दौड विसं १६१६ मा समाप्त भएको थियो । ४५१ वर्षपछि २०६७ सालबाट फेरि दौडले निरन्तरता पाएको हो ।

प्रकाशित : आश्विन २८, २०७५ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?